काठमाडौंको आगमनमा कडाइ, आउनै परे आरडीटी टेष्ट गर्नुपर्ने

153


छिनछिन खबर
काठमाडौं
–सरकारले अब काठमाडौं आउनेहरुमाथि कडाइ गर्ने भएको छ । अब सरकारले ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण नगरी कसैलाई पनि राजधानी प्रवेश गर्न नदिने भएको छ । गृहमन्त्रालयमा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकले सबै नाकाबाट काठमाडौं प्रवेश गर्नेहरूको अनिवार्य आरडीटी परीक्षण गर्ने निर्णय गरेको हो ।

बाहिरी जिल्लीबाट राजधानी भित्रिएकाहरूमा कोरोना पोजेटिभ पाइन थालेपछि सरकारले त्यसमा कडाइ गर्नुका साथै अत्यावश्यक कामले राजधानी प्रवेश गर्नेहरूको परीक्षण गर्ने निर्णय गरेको हो । यस्तै, गृह मन्त्रालयले सवारी सञ्चालन गर्न दिइएको सबै पास पनि खारेज गर्ने निर्णय गरेको छ ।

Womui
Womui