डुडुवाको क्वारेन्टाइनमा थप ६६ जना

82
डुडुवा गाउँपालिकाको बनकट्टी माविमा रहेको क्वारेन्टाइन ।

बिहीबार पालिकास्तरीय सर्वदलीय बैठक

बाँके (डुडुवा), जेठ १–
बाँके डुडुवा गाउँपालिकामा थप ६६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारतका विभिन्न स्थानबाट अलपत्र परेकाहरु नेपाल भारत सीमानाकाबाट फर्किएपछि बुधबार बिहान ४३ जना र गएराति २३ जनालाई क्वारेन्टाइन राखिएको हो । 
डुडुवा गाउँपालिका वार्ड नंं ३ स्थित बनकट्टी माबिमा स्थापना गरिएको १०० वेडको क्वारेन्टाइनमा ती व्यक्तिहरुलाई राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले बताए । उनका अनुसार विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा खानेपानी, शौचालय, स्वास्थ्य सरसफाईको व्यवस्था, साबुन, हेण्डवास, सेनिटाइजर र खानालगायतको व्यवस्था गरिएको छ । 
नेपाल भारतको सीमानाकामा अलपत्र परेका नेपालीहरु फर्कने क्रम बढेकाले क्वारेन्टाइनमा बस्नेहरुको संख्यामा वृद्धि भएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । सीमानाकासँग जोडिएको गाउँपालिका भएकाले भारतबाट दैनिक रुपमा फर्कने नेपालीहरु बढेपछि गाउँपालिकामा क्वारेन्टाइनको संख्यासमेत बढाउन थालिएको अध्यक्ष चौधरीले बताए । उनका अनुसार क्वारेन्टाइन स्थापना तथा कोरोना संक्रमणको रोकथामलगायतका विषयमा रणनीति बनाउन बिहीबार पालिकामा सर्बदलीय बैठक बसेको छ । 
बैठकले पालिकामा कतिवटासम्म क्वारेन्टाइन निर्माण गर्ने, सीमानाकामा कडाइ, चेकजाँच तथा स्थानीय तहको भूमिकालगायतका विषयमा निर्णय गर्ने छ । गाउँपालिकामा अहिले ४ स्थानमा सुविधा सम्पन्न क्वारेन्टाइन स्थापना गरिएको छ । 
Womui
Womui