एकैदिनमा ५७ संक्रमित, नेपालमा १९१ पुग्यो

52

काठमाडौं, वैशाख ३०–

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या १९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार सबैभन्दा बढी पर्सामा ३९ जनामा कोरोना पुष्टि भएको छ भने कपिलवस्तुमा ८ जना, रुपन्देहीमा ९ जना र बाराका १ जनामा कोरोना भेटिएको हो। मन्त्रालयकाे अनुसार मंगलबार काेराेना पुष्टि भएका सबै जना पुरुष हुन्।

Womui
Womui