राप्तीसोनारी–९ ले सुरु गर्‌यो तेस्रो चरणको राहत वितरण

83

बाँके (राप्तीसोनारी), वैशाख ३०–

राप्तीसोनारी गाउँपालिका वडा नं.९ मा क्विक रेस्पोन्स टिमले धमाधम तेस्रो चरणको राहत वितरण सुरु गरेको छ । मंगबारदेखि सुरु गरिएको राहत वितरणमा वडामा रहेका दैनिक ज्याला मजदुरी, अतिविपन्न र असाहय १ घरपरिवारलाई लक्षित छन् । लकडाउनका कारण घरमै बस्न बाध्य भएका अतिविपन्न ज्याला मजदुरी लाई लक्षित गरी राहत वितरण गरिएको वडा अध्यक्ष महावीर वलीले बताए । ‘

मजदुरी गर्न नपाउँदा बिहान बेलुकाको छाँक टार्नसमेत धौधौ भइरहेका मजदुरहरुलाई राहत वितरण गरेका हौं’, वडा अध्यक्ष वलीले भने । खाद्यान्न अभावले घरमा चुल्हो बलेको छैनन् भने नआतिन वडाबासीलाई वडा अध्यक्ष वलीले आग्रह गरेका छन् । वडाबासीको घरमा चुल्हो नबलेको खबर पाएको आधा घण्टामै आवश्यक राहत सामग्रीसहित आफै पुग्ने गरेका छन् वडाध्यक्ष वली ।

क्विक रेस्पोन्स टिमले लकडाउनबाट प्रभावित वडा नं. ९ मा यस अघि दैनिक ज्याला मजदुरी, अतिविपन्न र असाहय ३ सय ३४ घरपरिवारलार्ई पहिलो र दोस्रा चरणको राहत सामग्री वितरण गरेको वडाअध्यक्ष वलीले जानकारी दिए । राहत वितरण गर्दा सामाजिक दूरीलाई विशेष ख्याल गरिएको उनले बताए । राहत वितरणमा जनप्रतिनिधि, राजनीतिक दल, प्रहरी, रेडक्रसका प्रतिनिधिलगायतको उपस्थिति रहेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि वडाले प्रचारप्रसारमा तीव्रता दिएको वडा सदस्य पूर्णबहादुर वलीले बताए । हरेक गाउँ टोलमा गएर सचेतनामूलक जिङ्गल बजाउने, माईकिङ गर्नेलगायतका कार्यहरु वडाले गरिरहेको छ । त्यसका साथै वडावासीहरुको घरदैलोमा गएर नियमित सावुन पानीले हात धुने, सेनिटाईजर प्रयोग गर्ने, मास्कको प्रयोग गर्ने, हाछ्यू गर्दा रुमालले मुख छोप्न, कुनै पनि कामहरु गर्दा सामाजिक दूरी कायम गर्ने, अनावश्यक भिडभाड नगर्ने जस्ता कार्यहरु वडावासीहरुलाई सिकाउँदै सचेत गराउने गरेका छौँ वडा सचिव रोशनकुमार वलीले जानकारी दिए ।

Womui
Womui