कोरोना नियन्त्रणको व्यवस्थापकीय पक्षमा हामी कति तयार छौं ?

155

युवराज गरागाई र ओमप्रकाश देवकोटा

छिमेकी मुलुक चीनबाट गत डिसेम्बर बाट सुरु भइहाल विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० विश्वका लागि अहिले चुनौतीपूर्ण बनिरहेको छ । यसको संक्रमित र मृत्यु हुनेको संख्या दैनिक बढिरहेको छ भने रोगलाई जितेर निको हुनेको संख्या पनि बढदो छ । उत्पत्ति स्थल चीनले केही हदसम्म यसको नियन्त्रणमा सफलता प्राप्त गरिसकेको छ भने युरोप, अमेरिका, मध्येपूर्व, अस्ट्रेलियालगायत विश्वका २१० देशमा यो रोग फैलिएको छ । नेपालमा हालसम्म १०९ जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।
कोरोना भाइरसको संक्रमणबाट बच्न तथा सम्भावित फैलावटलाई नियन्त्रण गर्न विश्वका मुलुकहरूले विभिन्न विधिहरू प्रयोगमा ल्याएको पाइन्छ । लकडाउन, भौतिक डिस्ट्यान्सिङ, व्यवहारजन्य सुधार र प्रविधिको प्रयोग प्रमुख छन् ।नेपालले २०७६ चैत्त ११ देखि लागु हुने गरी लकडाउन विधिलाई प्रमुख औजारको रुपमा अपनाएको छ । हालसम्मको अनुभवलाई मूल्यांकन गर्दै नेपालले लकडाउनलाई लम्व्याउँदा नेपाली नागरिकहरूलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन सकिने ठम्याइँ छ । डब्लुएचओले पनि ट्रयाकिङ ट्रेसिङ र टेस्टिङ, पूर्वतयारी र तीब्र कार्यसंचालन, व्यक्तिगत दुरी कायम, सरसफाई र माक्स प्रयोगलाई अपनाउन सके कोरोना भाइरसको संक्रमणबाट बच्न सकिने जनाएको छ । तर जे होस् कोरोना नियन्त्रणको कुनै पनि औषधी नभएको वर्तमान अवस्थामा यसलाई व्यवस्थापकीय माध्यमबाट नियन्त्रण गर्नुपर्ने अवस्था विधमान छ । जसका लागी केही व्यवस्थापकीय पक्षहरुमा विचार गर्नु आवश्यक हुन्छ ।

रोग भित्रिने सम्भावनाको व्यवस्थापनः
कोरोना भाइरस देशभित्र उत्पन्न नभई विदेशमा उत्पन्न भएकोले देशको हवाई, स्थल मार्ग र समुन्द्री मार्गलाई बन्द गर्नु पर्दछ । यस अवधिमा देशभित्र प्रवेश गर्ने व्यक्तिहरूको स्वास्थ्य परीक्षण गर्ने तथा यस अवधिमा प्रवेश गरीसकेको व्यक्तिलाई ट्रेकिङ र ट्रेसिङ गरी निगरानी केन्द्र ९क्वारेन्टाइन० मा राख्नु पर्दछ । अन्तर्राष्ट्रिय सीमा नाकालाई बन्द गर्नुका साथै आयात निर्यात सामग्रीहरूलाई पनि निश्चित समय नाकामा नै राखी प्रवेश गराउनु पर्दछ । यसरी कोरोना भाइरस भित्रिने अवस्थालाई प्रथम चरणको संक्रमण भनिन्छ । यस सन्दर्भमा भुटानले त मानव आवत जावतमात्र नभएर तरकारी तथा फलफुलको आयातसमेत बन्द गरेको छ । नेपालले पनि सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्दै नाकाहरु समेत बन्द गरेको छ ।

रोग फैलने सम्भावनाको व्यवस्थापनः
विदेश तथा अन्य स्थानबाट आएका व्यक्तिलाई घरको कुनै एक कोठामा तोकिएको अवधिसम्म छुट्टै बसाउनु पर्दछ जसले गर्दा परिवार,आफन्तवा समुदायका अन्य व्यक्तिलाई रोग सर्ने सम्भावना कम हुन्छ । त्यस्ता रोगी वा संकास्पद व्यक्तिले प्रयोग गर्ने घरायसी सामानहरू अलग्याउने, बाथरूम र चर्पी प्रयोग अलग्गै गर्ने, एउटै मात्र भएको खण्डमा सरसफाईमा ध्यान दिनु पर्दछ । व्यक्ति स्वयंले मास्क, पन्जा, साबुनपानी तथा सेनिटाइझरको प्रयोग गर्नु पर्दछ । घरका सदस्यहरू कम्तीमा १ मिटरको दुरीमा बस्ने तथा सबैजना एकै ठाँउमा बस्नु हुदैन । बजार तथा आफन्तको घरमा भेटघाट कार्यलाई तोकिएको अवधिसम्म निस्तेज गर्नु पर्दछ । यस प्रकारबाट रोग फैलने अवस्थालाई दोस्रो चरणको संक्रमण भनिन्छ । यसका लागि नेपालले सबै नागरिकलाइ घरमा बस्न र संकास्पदलाइ क्वारेन्टिनमा बस्न भनिसकेको छ । रोग फैलने सम्भावनाको व्यवस्थापनका लागि कोरोना भाइरसलेमहामारीकोरूपमा लिनु अगावै लकडाउन गर्नसकेमा यो निकै प्रभावकारी साबित भएका विभिन्न तथ्यहरु रहेका छन् । त्यस्तै देशगत रुपमा हेर्दा जुन देशका नागरिकले सरकारको आदेश तथा निर्णय पूर्णरुपमा पालना गरेका छन् त्यो देशमा कोरोनामाथिको नियन्त्रण प्रभावकारी देखिएको छ ।

समुदायमा फैलिन सक्ने सम्भावनाको व्यवस्थापनः
कोरोना भाइरस संक्रमणको हिसाबले समुदायमा रोग फैलने चरणलाई तेस्रो चरणको संक्रमण भनिन्छ । यसलाई नियन्त्रणका लागि सम्भावित व्यक्तिलाई घरमा नै निगरानीमा राख्नु पर्दछ । संक्रमित व्यक्तिलाई स्थानीय स्तरमा तयार गरिएको क्वारेन्टाइन सेन्टरमा राख्ने, बराबर स्वास्थ्य परीक्षण गर्ने र अन्य व्यक्तिको सम्पर्कबाट टाढा नै राख्नु पर्दछ । त्यस्ता व्यक्तिहरू भिडभाडमा नजाने, यात्रा नगर्ने, अन्य व्यक्तिसँग बोलचाल गर्दा भौतिक दुरी कायम गर्ने, साबुनपानीले निरन्तर मिचिमिची हात धुने गर्नु पर्दछ । संक्रमित व्यक्तिसँग सम्पर्क तथा भेटघाट गरेका व्यक्तिहरूको ट्रेकिङ र ट्रेसिङ गरी त्यस क्षेत्रलाई नै सिल गर्नु पर्दछ । सम्भव भएसम्म मास स्क्रिनिङ र रेपिड डाइग्नोसिस्ट टेस्ट जस्ता विधि छिटो भन्दा छिटो अपनाउनु पर्दछ । यसका लागि सामाजिक नियन्त्रणको अभ्यासलाई कोरोनाको प्रसंगमा चीनले प्राथमिकताका साथ प्रयोग गरेको बताइएको छ र यसलाइ एक असल अभ्यासका रुपमा लिने गरेको पाइन्छ । चीनले सुरुदेखिनै कोरोनाका बिमारी अनिवार्यरुपमा क्वारेन्टाइनमा बस्नुपर्ने र कोही बिरामी क्वारेन्टाइनमा नबसेको भनी जानकारी दिनेलाई आर्थिक उपहार दिने व्यवस्था समेत गरेको थियो । त्यस्तै भारतमा जनता कर्फ्यूको अवधारणाको उपयोग गरिएको थियो ।

निरोधात्मकीय व्यवस्थापनः
कोरोना भाइरसको संक्रमणबाट बच्न रोगसँग लड्न सक्ने क्षमता वृद्धि गर्ने खालका खाने कुरा खान भनिएको पाइन्छ । तातोपानी पिउने , झोलिलो पदार्थ खाने, चिसो तथा रूघाखोकी लाग्ने खाद्य पदार्थ नखाने र जंकफुडको प्रयोग कम गर्ने गर्नु पदर्छ । माछामासु पूर्णरूपमा पकाउने, सागसब्जीलाई राम्ररी धुने तथा सरसफाईलाई रोकथामको उपयुक्त पद्दतिको रूपमा विकास गर्नु पर्दछ । हाच्छ्यु गर्दा कुहिनो, टिस्यूपेपर वा रूमालले नाकमुख छोप्नु पर्दछ । प्रत्येक घण्टामा साबुनपानीले हात धुने, ब्यक्तिगत सरसफाईमा ध्यान दिने, प्रयोग गर्नु पर्दछ । आत्मबल बढाउने, संगीत सुन्ने, श्रृजनात्मक काम गर्ने, योगा गर्ने तथा ध्यानमा बस्नाले पनि कोरोना भाइरससँगको लडाइलाई मद्दत गर्दछ भनिएको छ । अनावश्यक रूपमा आँखा, नाक, मुख तथा शरीरको अन्यभागलाई छुने व्यवहारगत पक्ष सुधार गर्नु पर्दछ । त्यसै गरी अन्य व्यक्तिसँग कुराकानी गर्नै पर्ने भए, बजारमा किनमेल गर्न जानै पर्ने भए, मृत्युसंस्कारमा उपस्थित हुनु पर्ने भए, सुत्केरी तथा अन्य बिरामीलाई अस्पताल लानु पर्ने भएमा निश्चित भौतिक दूरी कायम गर्नु पर्दछ ।

उपचारात्मकीय व्यवस्थापनः
कोरोना भइरस संक्रमितको उपचारका लागि गर्नुपर्ने व्यवस्थापन अहिलेको धेरै जटिल व्यवस्थापकीय पक्ष हो । हालयो रोगको औषधी नभएपनिजब कुनै विरामीमा कोरोना भाइरसको संक्रमण प्रमाणित हुन्छ, त्यसपछि उसलाई अस्पतालको छुट्टै अइसोलेसनमा उपचार गर्नु पर्दछ । यस प्रकारको अइसोलेसनको डिजाइन वैज्ञानिक, कामगर्ने स्वास्थ्यकर्मी सुरक्षित, स्वास्थ्य सामग्रीले सुविधायुक्त तथा खानपान र अन्य वातावरणीयरुपले उपयुक्त हुनुपर्दछ । नेपालका दुर्गम क्षेत्रमा अइसोलेसन वार्डको डिजाइन तथा स्वास्थ्य समग्रीको उपयुक्तता र पर्याप्तता व्यवस्थापनमा चुनौती छ । तसर्थ कम्तीमा पनि अक्सिजन, नेबुलाईजर, पिपिइ, संलग्न स्वास्थ्यकर्मीकालागि खाद्य पदार्थसहित छुट्टै बसोबास केन्द्र, स्टेशनरी जस्ता सामग्रीहरूको व्यवस्थापन गर्नुपर्ने देखिन्छ । अर्कातिर हाल नेपालमा उपचारात्मक भन्दा सम्भावित संक्रमित खोज्दै व्यवस्थापन गरिने प्रोएक्टीभ नियन्त्रणलाई प्राथमिकता दिइएको छ जुन नेपालजस्ता कम विकसित देशका लागि प्रथम औजार नै हो । तर यदि संक्रमण एकैपटक ब्लास्ट भएमा उक्त प्रोएक्टिभ नियन्त्रणले काम गर्दैन । तसर्थ उपचारात्मकीय व्यवस्थापनलाई पनि समानरुपमा अगाडि बढाउन आवश्यक हुन्छ । उपचार व्यवस्थापनको कुरागर्दा टेस्ट, आइसोलेट र ट्रिटलाई कोरोना नियन्त्रणको महत्वपूर्ण अभ्यासका रुपमा लिईएको छ । डब्लुएचओले समेत प्राथमिकताका साथ अगाडि बढाएको यो विधिलाई कोरियाले पनि प्राथमिकता दिएको थियो । यस विधि मार्फत कोरियाले एकै दिनमा लगभग पन्ध्र हजार जनासम्मको परीक्षण गरी कोरोना नियन्त्रणगर्न महत्वपूर्ण भूमिका खेलेको थियो । प्रविधिको प्रयोगलाई अर्को असल अभ्यासको रुपमा लिने गरिएको छ । चीनले नागरिकहरुलाई आफ्नो ज्वरो आफैचेक गरेर एपमार्फत नियमित जानकारी दिने व्यवस्था गरेको थियो । कोरिया र जापानले क्रमशः सवारीसाधन भित्रैजाँच तथा रोबोर्ट मार्फत जाँच गर्ने जस्ता विधिहरु अपनाएका थिए ।

वातावरणीय सहजता व्यवस्थापनः
कोरोना भाइरसको संक्रमणबाट सुरक्षित राख्न सरकारले जारी गरेको लकडाउनको अवधिभर जनजीवनलाई पर्न सक्ने प्रभावलाईआँकलन गरी वातावरणलाई सहज र सरल बनाउने पद्धति अपनाउनु पर्दछ । यस अवधिमा अत्यावश्यक पर्ने खाद्य सामाग्री, औषधी, पेट्रोलियम पदार्थ, संचार, खानेपानी, विद्युत तथा सरसफाई जस्ता विषयको व्यवस्थापन गर्ने जरूरी हुन्छ । यसैगरी खाद्यान्न ढुवानी, बिरामी तथा सुत्केरीको अस्पलासम्मको पहुँच एम्बुलेन्सको प्रयोग, खाद्यान्न र औषधीको विक्री वितरण, अत्यावश्यकीय सवारी साधनको आवतजावतलाई पनि व्यवस्थापन गर्नु पर्दछ । रोग नियन्त्रण र भोक व्यवस्थापन बीच सामन्जस्यता कायम गर्न सक्नु पर्दछ । जनतालाई शुसुचित गर्ने, वैध सुचना सम्प्रेषण गर्ने, अभिलेख दुरूस्त राख्ने र अन्तर निकाय सूचना आदान प्रदानलाई प्रभावकारी बनाउनु पर्दछ । संघीय, प्रदेश र स्थानीय सरकार बीच साझेदारी, समन्वय र सहकार्य वृद्धि गर्नु पर्दछ । कोरोनाको संक्रमणबाट मृत्यु हुनेको सुरक्षित अन्तेष्टीको व्यवस्थापन गर्नु पर्दछ । कतिपय देशमा यसप्रकारका वातावरणीय सहजता व्यवस्थापनमा कमी कमजोरी भएका कारणले नागरिकले लकडाउन समेतको उल्लंघन गरेको पाइन्छ । नेपालमा सरकारले लकडाउन अवधिमा अत्यावश्यक वस्तु तथा सेवाको सन्चालनमा निरन्तरता दिंदै स्थानीयतह मार्फत राहतसमेत उपलब्ध गराउने ब्यवस्था मिलाएको छ । साथै कोरोना भाइरस नियन्त्रण र सहज व्यवस्थापनका लागि केन्द्रीय स्तरमा उच्च स्तरीय समन्वय समिति, कोभिड–१९ क्राइसिस म्यानेजम्यान्ट सेन्टरर जिल्ला स्तर र स्थीनय स्तरमा क्राइसिस म्यानेजम्यान्ट सेन्टर, कमाण्ड पोष्ट, र्यापिड रेस्पोन्स टिम, प्यासेन्ट रिसिभिङ टिम तथा प्यासेन्ट टान्सपोर्ट टिम गठनभइ काम गरिरहेका छन भने नागरिकका आवश्यक सेवा, सुविधा समेतलाइ ध्यानदिंदै इ(पासको समेत व्यवस्था गरिएको छ ।

कोरोना संक्रमण पछिको व्यवस्थापनः
कोरोनाको प्रकोप कति लामो समयसम्म रहने भन्ने विषय हामीले कती सम्म भौतिक दूरी कायम गर्न सक्छौं, बढ्दो तापक्रमसंग यसको कस्तो सम्बन्ध छ, यसको भ्याक्सिन कती छिटो अन्वेषण हुन्छ, खुल्ला सीमाना भएका देशमा यसको प्रभाव कति रहन्छ जस्ता विषयहरुमा निर्भर रहन्छ । तर यो रोगको नियन्त्रणसंगै यसको उपचारमा प्रयोग भएका औजार र सामग्रीको सुरक्षित व्यवस्थापन, बेरोजगारीले हुने चोरी, लुटपाट जस्ता हुनसक्ने सामाजिक विकृती नियन्त्रण र व्यवस्थापन, राहत र सहयोग जस्ता क्रियाकलापहरुले बजारमा उच्च मुद्रा प्रबाह भएर तथा लकडाउनले बस्तु तथा सेवाको उत्पादनमा कमी हुंदा मूल्य वृद्दी हुने अवस्थाको व्यवस्थापन, स्वास्थ्य सामग्रीको उच्च आयात तथा विश्वका अधिकांश देश लकडाउनका कारण आर्थिक क्रियाकलाप न्यून भएको अवस्थामा रेमिट्यान्सको कमी र बैदेशिक सहायता कमभै वैदेशिक मुद्राको सञ्चिती तथा ब्यालेन्स अफ पेमेन्टको समस्या व्यवस्थापन, बैदेशिक रोजगारीमा गएका श्रमिकहरुको व्यवस्थापन तथाउत्पादनमूलक उधोग, कलकारखाना, पर्यटन तथा उड्डयन क्षेत्रहरु लामो समय बन्द हुँदा आर्थिक वृद्दिदर न्यून भएको अवस्थामा सबै उधोगहरुलाई पहिलाकै अवस्थामा फर्काउन आवश्यक व्यवस्थापन लगायतका विषयहरुमा समयमै योजनावद्द रुपमा तयारी गर्नु पर्दछ ।

अन्तमा विश्वव्यापी रूपमा चुनौतीका रूपमा फैलिरहेको कोरोना भाइरस ९कोभिड–१९० बाट उन्मुक्ति पाउन शक्तिराष्ट्रहरू तथा विश्वका संस्थाहरू लागिरहेका छन् । यद्धपि हालसम्म यसको औषधी, खोप वा अन्य विधि पत्ता लगाउन सकेको अवस्था छैन । रोगले धनीरगरीब, सम्पन्नरविपन्न, देशरविदेश, बुढोरबालक नभन्ने यथार्थ चित्रण कोभिड–१९ को संक्रमण र यसको फैलावटबाट देख्न सकिन्छ । यसको समस्याबाट विश्वका हरेक मुलुकहरूले आफु अनुकुल रोकथाम र नियन्त्रण पद्धति अपनाएका छन् । नेपालले अन्तराष्ट्रिय सीमा नाका बन्द गर्ने, आवागमन बन्द गर्नुका साथै लकडाउन पद्धति अपनाएको छ । यस पद्धतिलाई अपनाउँदै, व्यक्तिगत, पारिवारिक, समुदाय र राष्ट्रलाई बचाउन सबैको कर्तव्य र जिम्मेवारी हुन आँउछ । यसर्थ विपद्को पूर्वतयारी , प्रतिकार्यका साथै पहिचान र पुनर्थापना गर्नु पर्ने हुन्छ । कोरोनाको संक्रमणलाई थप फैलिन नदिन यसको निरोधात्मक, उपचारात्मक र वातावरणीय पक्षलाई पनि उत्तिकै महत्व दिनु पर्दछ । सरकार, नागरिक, अन्तर्राष्ट्रिय समुदाय, गै।स।स। र निजी क्षेत्र सबैको संयुक्त व्यसस्थापकीय प्रयास र सहकार्यबाट चुनौती पार गर्न सकिन्छ ।

Womui
Womui