नेपालगन्जको ५४ वटा “पिसिआर” रिपोर्टमा कोरोना नेगेटिभ

145

नेपालगन्ज, बैशाख २४-
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ मा मंगलबार संकलन गरिएको सबै स्वाबको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट ५४ वटा स्वाबको रिपोर्ट नेगेटिभ आएको हो । नेपालगन्ज-८ स्थित महेन्द्रपार्क (टाङगा स्टेशन) बाट मंगलबार ५४ वटा स्वाब संकलन गरिएको थियोे । कोरोना भाइरस संक्रमणका शंकास्पद बिरामीको थ्रोट स्वाब परिक्षण नतिजा बुधबार नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

कोरोना संक्रमण एक ब्यक्तिबाट धेरैमा फैलिएको आशंकामा मंगलबारबाट पुनः कन्ट्रयाक्ट टे«सिङ गरेर स्वाब संकलन सुरु गरिएको थियो । नेपालगन्ज–८ स्थित पन्डन मोहला लगायत टोलमा बुधबार पनि कन्ट्रयाक्ट टे«सिङ गरी कुल १ सय ३६ वटा स्वाब संकलन भएको श्रेष्ठले बताए । उक्त वडाको भैरव टोल, रानी तलाउ तरकारी पसल, नाउ टोलमा पनि कन्ट्रयाक्ट टे«सिङ गरेर स्वाब संकलन गरिनेछ।

Womui
Womui