सेना र प्रहरी अस्पतालमा कोरोना उपचार

135

काठमाडौं, वैशाख २४–

नेपाली सेना र नेपाल प्रहरीका अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि प्रयोगमा ल्याइने भएको छ । मुख्यमन्त्री शंकर पोखरेल संयोजकत्व ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर ’ काे वैठकले नेपालगन्जस्थित ती अस्पताललाई कोरोना विशेष अस्पतालको रुपमा प्रयोगमा ल्याउने निर्णय गरेको हो ।

नेपालगन्जमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि आव्यक किट, स्वास्थ्य सामग्री, पर्सनल सेक्युरिटी इक्वीपमेन्ट तथा औषधि उपलब्ध गराउन सामाजिक विकास मन्त्रालयले संयोजनसमेत गर्ने छ । यस्तै, भारतबाट आउनेलाई सिधै आइसोलेशनमा राखी स्वाब संकलनको व्यवस्था मिलाउने र रिपोर्ट पोजिटिभ देखिए कोरोना विशेष अस्पतालमा पुर्याउने निर्णय गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।
भारतबाट आउन सक्ने नेपालीलाई लक्ष्यित गरी पहिले निर्णय भएका बाँके र रूपन्देहीका साथै कपिलवस्तुमा समेत थप तीन हजार क्वारेन्टाइन बेड व्यवस्था गरिँदै छ । कोरोना विशेष अस्पतालका लागि आवश्यक सबै खर्च कोरोना भाइरस कोभिड १९ रोकथाम तथा उपचार कोषबाट गर्ने र त्यसको व्यवस्था मन्त्रालयले मिलाउने बैठकको निर्णय छ ।

Womui
Womui