नेपालगन्जमा थपिए सात जना कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या ८२ पुग्यो

53

नेपालगन्ज, बैशाख २३-

नेपालगन्जमा थप ७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा भएको परीक्षणमा नयाँ ७ जनामा कोरोना पुष्टी भएको हो। जो नेपालगन्ज ८ निवासी वर्ष २२, ३०, ४० का तीन जना पुरुष र वर्ष ९, ३२, ३४ र ३५ का महिला छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। संक्रमितहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ। यो सँगै संक्रमितको संख्या ८२ पुगेको छ।

Womui
Womui