कर्णाली प्रदेशद्वारा सबै नाका सिल

314

छिनछिन खबर
काठमाडौं, वैशाख २२–

२२ गते रातिदेखि लागू हुने गरी कर्णाली प्रदेश सरकारले सबै नाका सिल गरेको छ । प्रदेश सरकारले राति १२ बजेदेखि लागू हुने गरी प्रवेश हुने सबै नाका सिल गरेको हो ।

प्रदेशको विपद् व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले सवारी तथा पैदलमार्ग पूर्ण रुपमा बन्द गरी लकडाउनलाई कडा तवरले लैजाने निर्णय गरेको छ । कर्णालीसँग सीमा जोडिएको प्रदेश ५ मा कोरोना संक्रमितको संख्या बढेपछि सम्भावित जोखिम रोक्नका लागि सम्पूर्ण नाका सिल गरिएको हो ।

भारतलगायत तेस्रो मुलुकबाट आएका सबैको अवस्था र विवरण सम्बन्धित स्थानीय तहले तयार पारी प्रदेश सरकारलाई जानकारी गराउने पनि बैठकले निर्णय गरेको छ भने प्रदेशभित्र उपलब्ध निर्माण सामग्री र जनशक्तिको प्रयोग गरी मेसिन उपकरणबाट सञ्चालन हुन सक्ने विकास निर्माणका आयोजना सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

Womui
Womui