२०७६ को हिमपहिरोमा पुरिएकामध्ये २ शव फेला

193

छिनछिन खबर
काठमाडौं, वैशाख २०–

२०७६ साल माघ ३ गते गएको हिमपहिरोमा पुरिएककामध्ये २ जनाको शव शुक्रबार फेला परेको छ । कास्कीस्थित अन्नपूर्ण गाउँपालिका–११ मा पर्ने हिङ्कु केभ क्षेत्रमा तीन महिना अगाडि गएको हिमपहिरोमा पुरिएकामध्ये दुईजनाको शव फेला परेको हो । जसमा एक नेपाली र एक कोरियन नागरिक रहेको नेपाली सेनाले जनाएको छ ।
उक्त हिमपहिरोमा ३ नेपाली गाइड र ४ कोरियन पर्यटक गरी सात जना पुरिएका थिए । जसमध्ये २ जना नेपाली गाइड र ३ जना कोरियनको शव पहिलेनै फेला परेको थियो । योसँगै सातजना सबैको शव फेला परेको छ ।

Womui
Womui