बाँकेमा कोरोना संक्रमित पुष्टी, संक्रमितको संख्या ५९ पुग्यो

37

नेपालगन्ज, बैशाख १९-

नेपालमा दुई जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बाँके र रूपन्देहीमा दुई जना कोरोना संक्रमित भेटिएका हुन्। नयाँ भेटिएका दुबै संक्रमित पुरूष हुन्। तीमध्ये रूपन्देहीमा भेटिएका २५ वर्षीय युवक हुन् भने नेपालगञ्जमा ६० वर्षका पुरूषलाई कोरोनाको संक्रमण पुष्टि भएको हो।  उनीहरू दुबैको अवस्था सामान्य छ। दुबै जना स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। प्रदेश पाँचमा आज पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको हो। अहिलेसम्म कर्णाली प्रदेशमा भने कोरोनाका संक्रमित भेटिएका छैनन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ। जसमा १६ जना निको भएका छन्। 

Womui
Womui