अमेरिकामा २४ घण्टामा २४५६ को मृत्यु

34

एजेन्सी (अमेरिका), वैशाख १७–

अमेरिका कोरोना भाइरसका कारण २४ घण्टामा २४ सय ५६ जनाको ज्यान गएको छ । तथ्यांक अनुसार मंगलबार २४ घण्टामा २४ सय ५६ जनामा मानिसको ज्यान गएको हो ।

आइतबार र सोमबार १३ सय जनाले ज्यान गुमाएका थिए भने मंगलबार एक दिनमै २४ सय ५६ जनाले ज्यान गुमाएका हुन् । अमेरिकामा एकै दिन २५ हजार ९८ संक्रमित थपिएको तथ्यांक बाहिर आएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् ।

अमेरिकापछि इटालीमा धेरै मानिसको ज्यान गुमाएका छन्। इटालीमा २७ हजार ३ सय ५९ जनाको मृत्यु भएको छ । यहाँ २ लाख १ हजार पाँच सय पाँच संक्रमित भएका छन् ।

Womui
Womui