निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

28

छिनछिन खबर
काठमाडौं, भदौ १६
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा घटाइएको छ । डिजेल र मट्टितेलमा २ रुपैयाँ मूल्य घटेको छ । नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य लिटरको १०४ रुपैयाँ भएको छ । डिजेल र मटितेल भने ८२ रुपैयाँ भएको छ । नियमले खाना पकाउने एलपी ग्याँसको मूल्य पनि समायोजन गरेको छ । ग्याँसमा प्रति सिलिण्डर ३५ रुपैयाँ मूल्य घटेको छ । अब ग्याँस प्रतिसिलिण्डर १४ सय रुपैयाँ भएको छ । निगमले यसअघि पनि पेट्रोलियम पदार्थको मुल्य घटाएको थियो ।

Womui
Womui