बाँकेमा ६५९ को नमुना नेगेटिभ, ५ को रिपोर्ट आउन बाँकी

31
प्रतीकात्मक तस्बिर ।

छिनछिन खबर
नेपालगन्ज, वैशाख १४–

बाँकेमा ६५९ जनाको कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएको छ भने पाँचजनाको रिपोर्ट आउन बाँकी रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार यो रिपोर्ट बाँकेमा हालसम्म गरिएको सबै हो । पिसिआर विधिबाट १ सय २० र र्‌यापिड डायग्नोष्टिक टेष्ट किटबाट परीक्षण गरिएको हो ।

जिल्लास्थित विभिन्न क्वारेन्टाइनमा रहेका व्यक्तिरमा १४ दिन पूरा भएपछि र्‌यापिड किटबाट परीक्षण गरिएकोमा भेरी अस्पतालमा हालसम्म ४० जनाको परीक्षण गरिएको छ ।

बाँकेमा आइसोलेसनमा ६ जना बिरामी रहेका छन् भने ११ जना उपचारपछि डिष्चार्ज भएका छन् ।

Womui
Womui