भारतीय क्याम्प र वाणिज्य दूतावासमा सरकारी निगरानी

46

छिनछिन खबर
काठमाडौं, भदौ १६
तराईमा बढ्दो हिंसात्मक झडपसँगै भारतीय भूमिकालाई लिएर सरकारी अधिकारीले असन्तुष्टी पोखेका छन् । बीरगन्जमा रहेको भारतीय वाणिज्य दूतावास र बिराटनगरमा सञ्चालित भारतीय क्याम्प अफिसका अधिकारीको भूमिका शंकास्पद रहेको सरकारी अधिकारीको निश्कर्ष छ । केही साताअघि इटहरीमा भएको हिन्दुवादीहरुको प्रदर्शनका बेला बिराटनगरमा अवस्थित भारतीय क्याम्प अफिसको सहयोग रहेको स्थानीय प्रशासनले पत्तो लगाएको थियो ।inda ‘रअ’ का पूर्वअधिकारी आरके सिंह बिराटनगरको जेनियल होटलमा केही दिन बसेका थिए । स्थानीय गुप्तचर अधिकारीका अनुसार नेपाल सरकारले पत्र लेख्दासमेत अटेर गरी कार्यालय सञ्चालन गरेर बिराटनगरमा बसेको भारतीय क्याम्पले नेपालको आन्तरिक मामिलामा सुराकी गर्ने र सरकार विरुद्ध आन्दोलनमा उत्रेका राजनीतिक दलका कार्यकर्तासँग सम्पर्क गर्ने गरेको पाइएपछि उनीहरुको गतिविधिमाथि सरकारले निगरानी बढाएको सरकारी स्रोतको भनाई छ । यस्तै बीरगन्जमा रहेको वाणिज्य दूतावासले पनि नेपालको आन्तरिक मामिलामा चलखेल बढाएको भन्दै सुरक्षा निकायले उनीहरुको गतिविधिमाथि निगरानी बढाएको बताइएको छ ।

यसैबीच वीरगन्जका केही उद्योगी व्यवसायीले प्रधानमन्त्री कार्यालयमा टेलिफोन गरेर त्यहाँ आन्दालनेकारी नेतालाई आर्थिक सहयोग गर्ने उद्योगहरु सुचारु रहेका र अन्यलाई बन्द गरिएको गुनासो पोखेका छन् । बीरगञ्जमा पहिलो मधेस आन्दोलनलाई सम्बोधन गरेर संघीयता प्रदान गरेका गिरिजाप्रसाद कोइरालाको शालिकसमेत ढालिएको र महोत्तरीमा कांग्रेसको कार्यालय जलाइएको घटनालाई नेपाली कांग्रेस गम्भीरतापूर्वक लिएको छ ।
भारतीय गृहमन्त्री राजनाथ सिंहको विवादास्पद अभिव्यक्तिको काठमाडौंस्थित भारतीय दूतावासले खण्डन गरिसकेको छ । तर, नेपालसँग सीमा जोडिएका पश्चिम बंगाल, बिहार उत्तर प्रदेशका कतिपय नेताहरुले मधेस आन्दोलनमा सहयोग पु¥याएको र कैलाली, गौर, बीरगन्ज लगायतका ठाउँमा भएका झडपमा दक्षिणतिरबाट मानिसहरु आएको सरकारी अधिकारीको दाबी छ । तर, सरकारी अधिकारीको दाबीलाई भारतीय दूतावासले खण्डन गरेको छ ।

Womui
Womui