राप्तीसोनारी उपाध्यक्ष खत्रीले गरिन् पैदलयात्रुको उद्धार

32
अलपत्र परेका पैदल यात्रुको उद्धार गर्दै राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री ।

बाँके (राप्तीसोनारी), वैशाख ११–
राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष धनीकुमारी खत्रीले लकडाउनका समयमा गाडी नपाएर पैदलयात्रा गरिरहेका यात्रुहरुको उद्धार गरेकी छिन् । बिहीबार मात्र उनले पूर्वपश्चिम राजमार्गमा पैदलयात्रामा हिँडिरहेका ८० अलपत्र यात्रुहरुलाई उद्धार गरी गाडीमा राप्तीसोनारीको राजमार्ग पार गराएकी हुन् । राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष खत्रीको पहलमा राजमार्गको अगैयाबाट बाहिरी जिल्लाबाट बर्दिया, कैलाली, कञ्चनपुर जान लागेका ८० जना यात्रुहरुलाई उद्धार गरेकी
हुन् ।

बाहिर जिल्लाबाट आएका पैदल यात्रुहरुलाई गाउँपालिकाको सिमानासम्म पुर्‌याउने व्यवस्था गरिएको उपाअध्यक्ष खत्रीले जानकारी दिइन् । उनीहरुलाई गाउँपालिकाको ट्याक्टर र ट्रकमा उद्धार गरी कोहलपुरसम्म पठाएको उपाअध्यक्ष खत्रीले बताइन् । उपाध्यक्षको नेतृत्वमा उद्धार टोलीमा प्रहरी, स्थानीय र युवाहरुले पैदलयात्रीलाई गन्तव्यमा पठाएका हुन् । उपाध्यक्ष खत्रीले केही दिन यता राप्तीसोनारी क्षेत्रमा अलपत्र पैदलयात्रीलाई उद्धार र गन्तव्यसम्म पुर्‌याउने कार्य गर्दै आएकी छिन् ।

Womui
Womui