कोरोना संक्रमण र नेपालगन्जको कालोबजारी

195

कोरोना भाइरसको संक्रमणले यो लेख लेखिन्जेलसम्म विश्वभर १ लाख ७९ हजार ९ सय ४७ जनाको मृत्यु भइसकेको छ भने २५ लाख ८६ हजार ९ सय ६६ जना संक्रमित छन् ।  त्यस्तै छिमेकी राष्ट्र चीनमा ८२ हजार ७ सय ८८ जना संक्रमित र ४ हजार ६ सय ३२ जनाको मृत्यु भइसकेको छ भने भारतमा २० हजार ४ सय ७१ संक्रमित भएका छन् भने ६ सय ५२ जनाले मृत्युवरण गरिसकेका छन् ।

छिमेकी राष्ट्रको तुलनामा हामी नेपालीले आफूलाई भाग्यमानी नै सम्झनु पर्छ । किनभने कोरोना भाइरसले कसैले पनि ज्यान गुमाउनु परेको छैन् । तर संक्रमितको संख्या भने ह्वात्तै बढ्दै गएको छ । जुन हामीलाई अझै सुरक्षित भएर बस्नु पर्ने संकेत हो । सरकारले जारी गरेको लकडाउनको पालना गर्नेदेखि लिएर चिकित्सकले सुझाएका कुरामा ध्यान दिने समय हो । समय बलवान हुन्छ । जसरी हामीले अन्य महामारी र विपतबाट छुट्कारा पाएका छौं त्यसरीनै कोरोना भाइरसबाट पनि अवश्यनै छुट्कारा पाउनेछौं ।

देस पूरै आक्रान्त छ । देस मात्र होइन पूरै विश्व आक्रान्त छ । कोरोना भाइरसको महामारीबाट कसरी मानव जातिलाई जोगाउन सकिएला भनेर आफ्नो ज्यान जोखिममा राखेर वैज्ञानिक एन्टीडोटको खोजी गरिरहेका छन् भने कोरोना संक्रमितको हेरचाह गर्दागर्दै स्वयम् संक्रमित भएर विश्वमा धेरै चिकित्सकले ज्यान गुमाएका छन् । त्यस्तै जनतालाई सुसूचित गर्ने काम अहोरात्र खटिने पत्रकारलगायत अन्यले पनि ज्यान गुमाएका छन् । धन्य हुन् ती जसले आफ्नो प्राण भन्दा मानव जातिको कल्याणलाई सर्वोपरि ठाने । आफ्नो कर्मलाई ठूलो ठाने । अर्काको मर्मलाई आफ्नै मर्म सम्झे । र अन्ततः मानव कल्याणका लागि जीवन अर्पण गरे । ती महान व्यक्तित्वप्रति हार्दिक श्रद्धाञ्जली ।

धन्य हुन् ती जसले आफ्नो प्राण भन्दा मानव जातिको कल्याणलाई सर्वोपरि ठाने । आफ्नो कर्मलाई ठूलो ठाने । अर्काको मर्मलाई आफ्नै मर्म सम्झे । र अन्ततः मानव कल्याणका लागि जीवन अर्पण गरे । ती महान
व्यक्तित्वप्रति हार्दिक श्रद्धाञ्जली ।

समस्या अझै टलेको छैन । थाहा छैन अझै कतिजनाको चिहान बनाउने हो कोरोना भाइरसले । जे होस् । जस्तो होस् ।  जान हे तो जहान है भन्ने मन्त्रलाई आत्मसात् गर्दै जीवन बिताइरहेका व्यक्तिका लागि ती महान व्यक्तिहरु उदाहरणीय हुन् । महान आत्मा हुन् । कलियुगका फरिस्ता हुन् !

सायद उनीहरुले राम्रोसँग बुझेका थिए । मानव सेवा भन्दा कर्म भन्दा र इमान्दारिता भन्दा ठूलो संसारमा केही छैन । उनीहरु त्यही श्रेणीका व्यक्ति हुन् जसले आफू मरेर पनि अरुलाई बचाउनु पर्छ भने । उनीहरुले मानव जातिलाई बचाउन खोजे र धेरैलाई बचाए पनि । उनीहरुले बोलीले नभइ कर्मले पुष्टि गरे । त्यस्ता महान व्यक्तिहरु सायद यस्तै अवसरको खोजीमा हुँदा हुन् । समय आए अर्काको लागि आफ्नो ज्यानको आहूति दिने । र, अझै पनि त्यस श्रेणीका व्यक्ति आफ्नो जीवनको माया मारेर दिनरात एक गरेर मानव कल्याणका लागि खटिरहेका छन् । आफ्नो बलबुताले भ्याएसम्म अलपत्र यात्रुलाई बाटो देखाउनेदेखि लिएर भोकोलाई खाना दिनेलगायतका कार्य गरेर यस संकटको घडीमा उनीहरुको दुःखको सारथि बनिरहेका छन् ।

अहिले मानव जाति जीवन रक्षाको लागि हरसम्भव प्रयास गरिरहेको छ । हरेकको मनमा अन्तर्निहित त्रास छ अदृश्य भाइरसको । कोरोनाको संक्रमणबाट बचाउने ढालका रुपमा सरकारले लकडाउन जारी गरेको छ । जनता यस परिस्थितमा भोकभोकै मर्ने अवस्थामा छन् भने कतिपय औषधि अभावमा । यस्तो परिस्थितिमा केही मनकारी नागरिकले दिल खोलेरै मानव सेवा गरिरहेका छन् भने केही सहयोग गर्ने भावना भएर पनि आर्थिक अवस्था कमजोर हुँदा गर्न सकिरहेका छैनन् ।

मानव सेवा भन्दा कर्म भन्दा र इमान्दारिता भन्दा ठूलो संसारमा केही छैन । उनीहरु त्यही श्रेणीका व्यक्ति हुन् जसले आफू मरेर पनि अरुलाई बचाउनु पर्छ भने । उनीहरुले मानव जातिलाई बचाउन खोजे र धेरैलाई बचाए पनि । उनीहरुले बोलीले नभइ कर्मले पुष्टि गरे । त्यस्ता महान व्यक्तिहरु सायद यस्तै अवसरको खोजीमा हुँदा हुन् । समय आए अर्काको लागि आफ्नो ज्यानको आहूति दिने । र, अझै पनि त्यस श्रेणीका व्यक्ति आफ्नो जीवनको माया मारेर दिनरात एक गरेर मानव कल्याणका लागि खटिरहेका छन् ।

त्यस्तै केहीका लागि कोरोनाले निम्त्याएको संक्रमण कालो बजारी गर्ने बाटो भएको छ । पैसा कमाउने माध्यम भएको छ । छोडेर जानु पर्ने जीवनलीलामै रुमल्लिरहेका छन् उनीहरु । मानव सेवा गर्ने समय जो पायो त्यसको जीवनमा सहजै नआउने कुरालाई मनन गर्नुको साटो कृतिम अभाव गरेर कालो बजारी गरिरहेका छन् । कोरोनाको संक्रमण हुनु अगाडि २ हजार रुपैयाँमा पाइने थर्मोमिटरलाई दस हजार रुपैयाँमा बेच्दै दिन दुई गुणा र रात चार गुणा गर्ने धुनमा छन् । तीनदेखि पाँच हजार रुपैयाँ पर्ने थर्मोगनको १५ हजार रुपैयाँ असुल्न मस्त छन् । अनि नटफर सेल लेखिएको स्वास्थ्य सामग्री बेचेर उपभोक्ताको आँखामा धुलो हाल्न व्यस्त छन् । हुन त यस्ता घटनाको जानकारी संघसंस्था र सरकारी कार्यालयबाट कमैमात्रामा सुन्न र बुझ्न पाइन्छ । किनभने सबै बिल मिलानकै खेलोले गर्दा पनि व्यापारी कालोबजारी गर्न हौसिन्छन् । अरु बेला जे जस्तो गरे पनि यतिबेला त्यस्तो कार्य गर्ने समय भने पक्कै होइन भन्ने कुरालाई सबैले बुझ्न जरुरी छ । त्यस्तै लकडाउनका कारण भारतबाट तरकारी र खाद्यान्न नआएको बहाना बनाउँदै दैनिक उपभोग्य सामग्रीमा समेत कालोबजारी हुँदा उपभोक्ता चुपचाप किन्न बाध्य छन् ।

बाँकेको सेरोफेरोमा व्यापारीले विभिन्न सामग्रीको आफूखुसी मूल्य कायम गरेपनि सम्बन्धित निकायको अनुगमन सुस्त हुँदा कालोबजारी बढेको उपभोक्ता गुनासो गर्छन् । जनमानसबाट व्यापक रुपमा गुनासो बढेपछि नेपालगन्जमा स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको भन्दै विभिन्न औषधिजन्य पसल र एकाध किराना पसललाई वाणिज्य कार्यालय नेपालगन्जले अनुगमन गरेर जरिवाना पनि तिराएको छ । वाणिज्य कार्यालयले मास्कको अधिकतम् खुद्रा मूल्य नतोकेर बिक्री वितरण गरेको भन्दै कमला मेडिसिन, कमला इन्टरनेशनल र कृष्ण इन्टरनेशनलाई ५० हजार रुपैयाँका दरले जरिवाना तिराएको थियो भने नट फर सेल्स लेखिएको सेनिटाइजरलाई बढी मुनाफा लिई बिक्री वितरण गरेको पाइएपछि हिल्स मेडि सप्लायर्सलाई दुई लाख रुपैयाँ जरिवाना तिराइएको थियो । त्यस्तै कोरोना भाइसको संक्रमण हुनु अगाडि दुई हजार रुपैयाँमा पाइने थर्मामिटर कोरोनाको संक्रमणसँगै ६ हजार रुपैयाँ पुग्यो ! र त्यतिले पनि नपुगेर १० हजार रुपैयाँमा बिक्री गर्ने नेपालगन्जस्थित लाइफकेयर सर्जिकललाई दुई लाख रुपैयाँ जरिवाना तिराइएको छ ।

तर एउटा अनुत्तरित प्रश्न । के यतिले मात्र कालोबजारी रोकिएला ? किन यस्तो महामारीको बेलामा कालोबजारी गर्नेलाई अन्य अपराधसरह सजाय ?

पक्कै पनि सबै अपराधको सजाय समान हुनै सक्दैन । संक्रमणको बेला कालोबजारी गर्नेलाई कडा भन्दा कडा सजाय हुनु पर्छ । किनभने कालोबजारी गरेर करोडौं रुपैयाँ कमाएको व्यक्तिलाई जाबो दुई लाख वा पाँच लाख रुपैयाँ तिर्नु कुनै आपत्तिको कुरो होइन । बरु हामीले सोच्नु जरुरी छ; यस्तो संक्रमणको बेलामा समेत कालोबजारी गर्ने फर्मले अरुबेला के गर्छ वा के गर्‌यो भनेर अनुसन्धानको दायरा फराकिलो बनाउनु पर्छ । साथै यस्ता फर्मको पहिचान गरी सच्चा नागरिक, संघसंस्था,  सरकारी कार्यालले उनीहरुसँग गरिने व्यापार व्यावसाय ठप्प पार्नु पर्छ । व्यापारिक सम्बन्ध बहिष्कार गर्नुपर्छ ।  सानो अपराध गरे पनि अपराधीनै हो र ठूलो अपराध गरे पनि अपराधी नै हो भन्ने मानसिकताबाट माथि उठेर समय र परिस्थितिमा गरेको अपराधलाई मध्यनजर गरेर सजायको व्यवस्था हुनुपर्छ । कुनै एक अपराधमा संलग्न सबैलाई सजाय हुनुपर्छ । अनुसन्धानको दायरा फराकिलो बनाएर त्यस्ता व्यवसायीको पहिचान गरेर आफ्नो कर्मबाट नचुकेर सम्बन्धित निकायले कडा भन्दा कडा सजाय दिन जरुरी छ ।

विश्व ठप्प छ । जनजीवन अस्तव्यस्त छ । अदृश्य कोरोना भाइरसले संकेत गरिसकेको छ आफूभित्र लुकेको मानवता देखाउने समय यही हो । किनभने अहिले सबैको नजर, सबैको ध्यान अदृश्य भनाउँदो कोरोना भाइरसतर्फ नै छ र यसले निम्त्याएको, यसले ल्याएको परिणामतर्फ छ । खाने, बस्ने, सुत्ने र कोरोना भाइरसले ल्याएको, निम्त्याएको परिणामको विश्लेषण गर्नु सिवाय आमनागरिकको अहिलेको काम केही छैन ।  भोलि तपाईं/हामी रहौं नरहौं तर संक्रमणकालीन अवस्थामा गरेको कामले तपाइँ/हामीलाई अवश्य जीवन्त राख्ने छ । माथि उल्लेखित पात्रमध्ये कस्तो बन्ने ? तपाईं/हाम्रै हातमा छ ।

Womui
Womui