अनलाइनमार्फत् इञ्जिनियरलाई प्राविधिक तालिम

147

छिनछिन खबर
धनगढी, वैशाख ९ –
यतिबेला कोरोना भाइरसका कारण देश लकडाउनमा छ । लकडाउनको समयलाई सदूपयोग गर्दै सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर नेपाल (सी डी ई एन) सुदूरपश्चिम प्रदेश समितिले सम्पूर्ण विधाका इञ्जिनियरहरुको प्राविधि क्षमता अभिवृद्धि गर्न इन्टरनेटमार्फत् अनलाइन कक्षा सञ्चालन गरेको छ ।

लकडाउनका समयमा इञ्जिनियरहरु फूर्सदिला भएको र घरमै बसेर थप ज्ञान हासिल गर्न सकून भनि अनलाइनमार्फत् कक्षा सञ्चालन गरिरहेको बताउँदै सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर नेपाल (सी डी ई एन) सुदूरपश्चिम प्रदेश समिति सभापति ई. ईश्वर भट्टले भन्नुभयो,‘लकडाउनका समयमा हामी प्रविधिको प्रयोग गर्दै जो जहाँ बसेका छौँ, त्यहीबाट थप ज्ञान र सीप सिकाइरहेका छौँ ।’ फुर्सदिलो भएर गफिनु भन्दा प्रविधिको प्रयोगले ज्ञान सिकाइने भएकाले विभिन्न विधाका इञ्जिनियहरु खुसी भएको बताउँदै उहाँले भन्नुभयो,‘हामीले मंगलबार सुरु गरेको कक्षामा एक सय २० जना भन्दा बढीको सहभागिता रहेको थियो ।’ अनलाइन कक्षाको उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल इञ्जिनियर्स एशोसियसन सुदूरपश्चिमका कार्यकारिणी समिति सभापति ई. लवप्रसाद जोशीले देश बन्दाबन्दीको अवस्थामा रहेको बेला खाली समयलाई सदूपयोग गर्दै इञ्जिनियरहरुले विभिन्न क्षेत्रका विज्ञबाट थप प्राविधिक शिक्षा लिन सक्ने बताउनु भयो । यस्तै कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा रहेका नेपाल इञ्जिनियर एशोसियसनका केन्द्रीय समिति सदस्य ई. जनकराज जोशीले पनि प्रविधिको प्रयोग गर्दै नयाँ प्रविधिबाट सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल सुदूरपश्चिम प्रदेशलाई धन्यबाद दिनुभयो । यसैगरी समितिका उपसभापति ई. बलबहादुर ठकुराठीले इञ्जिनियर तथा सव इञ्जिनियहरुले अनलाइनमार्फत् फर्म भरेर कक्षामा सहभागी हुन पाउने व्यवस्था मिलाएको जानकारी दिनुभयो । जुम भिडियो कन्फ्रेन्सबाट सञ्चालन गरिएको कार्यक्रमलाई सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल केन्द्रीय समितिको सहजीकरण र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्कले सहयोग गरिएको थियो । मंगलबार भएको पहिलो कक्षा चिलिमे इञ्जिनियरिङ सर्भिसेस कम्पनीका डिजाइन चिफ ई. जगदिश्वर मान श्रेष्ठले लिनुभएको थियो । सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर नेपाल (सी डी ई एन) सुदूरपश्चिम प्रदेश समितिका सचिव ई. अरुणकुमार जोशीका अनुसार बुधबार सडक सुरक्षा र स्मार्ट सिटी योजना सम्बन्धी कक्षा दिइने भएको छ ।

Womui
Womui