अन्धाधुन्द गोली चलाउँदा क्यानडामा १३ को मृत्यु

139

एजेन्सी
नोभा स्कोसा, वैशाख ८–
क्यानडामा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा १३ जनाको ज्यान गएको छ । प्रहरीको बर्दी लगाएका बन्दुकधारीले ग्रामीण बजार पोर्ता्पिक्युमा आइतबार लगातार १२ घण्टासम्म अन्धाधुन्ध गोली चलाएका थिए । क्यानडाको नोभा स्कोसा प्रान्तमा भएको गोली काण्डमा १ महिला प्रहरीसहित १३ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
ग्याब्रियल वोर्टम्यान नामक ५१ वर्षीय व्यक्तिले सहरका विभिन्न स्थानमा गोली चलाउँदै हिँडेको स्थानीय प्रहरीले जनाएको छ । उनको प्रहरीले गरेको जवाफी कारबाहीमा ज्यान गएको छ ।

Womui
Womui