बाँकेको भेरी अस्पतालमा पनि कोरोना परीक्षण हुने

121

छिनछिन खबर

नेपालगन्ज, वैशाख ६–

नेपालगन्जस्थित भेरी अस्पतालमा पनि कोरोना परीक्षण हुने भएको छ । पीसीआर मेसिनसहितको ल्याब तयार भएपछि आइतबारदेखि  कोरोना परीक्षण हुने भएको हो । भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर प्रकाश थापा अनुसार भेरीमा स्थापना गरिएको ल्याबमा रहेको पीसीआरद्एवारा एक दिनमा न्यूनतम सत्तरीदेखि एक सयजनाको नमुना परीक्षण गर्न सकिने छ ।

यस अघि ल्याब निर्माण नहुँदा कोरोनाको परीक्षणका लागि संकलित स्वाव  बुटवल वा काठमाण्डौं पठाउँदै आइएको थियो ।

Womui
Womui