५२ भारतीय नेपालगन्जको क्वारेन्टाइनमा

35

छिनछिन खबर

नेपालगन्ज, वैशाख ५–

नेपालगन्जको क्वारेन्टाइनमा शुक्रबार ५२ जना भारतीय मजदुरहरुलाई राखिएको छ । लकडाउनका समयमा काम रोकिएपछि काठमाडाैंबाट उनीहरु  यहाँ आइपुगेका हुन् । उनीहरु काठमाडौस्थित विभिन्न इँटाभट्टामा काम गर्दै आएका थिए। नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । लकडाउनको अवधि सकिएपछि मात्र उनीहरुलाई भारत पठाउन सकिने भएकाले तत्काललाई क्वारेन्टाइनमा राखिएको ।

Womui
Womui