विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले आर्थिक सहयोग नगर्ने

28

एजेन्सी
अमेरिका, वैशाख ३–


विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग अब नदिने भएको छ । अमेरिकी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना महामारी रोकथाम र व्यवस्थापनमा डब्लुएचओले आधारभूत कर्तव्य पूरा नगरेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिँदै आएको सहयोग रोक्न निर्देशन दिएका हुन् ।
राष्ट्रपति ट्रम्पले डब्लुएचओलाई चीनमा फैलिएको कोरोना भाइरस संक्रमणको ढाकछेप गरेर आधारभूत कर्तव्यबाट चुकेको आरोप लगाउँदै डब्लुएचओलाई जवाफदेही बनाउनुपर्ने बताए ।
डब्लुएचओलाई सबै धेरै आर्थिक सहायता अमेरिकाले दिँदै आएको थियो । गत वर्षमात्र ४ सय मिलियन अमेरिकी डलर डब्लुएचओलाई सहायता दिएको थियो । जुन रकम डब्लुएचओको कूल बजेटको १५ प्रतिशतले हुन आउँछ ।
हाल अमेरिका विश्वमा कोरोना भाइरसको संक्रमणबाट सर्वाधिक प्रभावित देश हो । अमेरिकामा हालसम्म कोरोनाका कारण २५ हजार बढीको मृत्यु भइसकेको छ भने झण्डै ६ लाखजना संक्रमित भएका छन् ।

Womui
Womui