लकडाउनको पालना गर्दै नियमित साबुन पानीले हातखुट्टा धुन नेकपा अध्यक्ष घर्तीको आग्रह

69

समराथ मगर

बाँके (राप्तीसोनारी), वैशाख २–

राप्तीसोनारीवासीलाई कम्तिमा लकडाउनको समयमा साबुन पानीले हातखुट्टा धुन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष चिमबहादुर घर्तीले आग्रह गरेका छन् । पटकपटक साबुन पानीले हातखुट्टा धोए कोरोना भाइरसले संक्रमण गर्न नसक्ने भन्दै घर्तीले कोरोना भाइरस (कोभिड–१९) को महामारी विश्वभर फैलिएकोले सरकारले जारी गरेको लकडाउनको पूर्णरुपले पालना गर्दै पटकपटक साबुनपानीले हात धुन आग्रह गरेका हुन् ।

अध्यक्ष घर्तीले स्थानीय सरकार राप्तीसोनारी गाँउपालिकालाई ध्यानाकर्षण गराउँदै देशका विभिन्न जिल्ला र छिमेकी भारतमा कोरोना भाइरसको संक्रमण झन् बढेको भन्दै लकडाउनको पालना गरी सचेत रहनसमेत अपिल गरेका छन् । उनले लकडाउन नै कोरोनाकाट बच्ने र बचाउने उपाय भएको बताउँदै लकडाउन पालना गरी सभ्य र शिक्षित नागरिकको उदाहरण दिन गाउँपालिकावासीमा  अपिल गरेका छन् ।

Womui
Womui