कोरोना भाइरसका संक्रमित झन् थपिँदै, कैलाली र रौतहटमा गरी १४ जनामा पुष्टि

47

काठमाडौं, बैशाख १-
सरकारले देशभर लकडाउन गरिरहँदा कोरोना भाइरसका संक्रमित झन् फेला पर्दै गएका छन् । कैलाली र रौतहटमा कोरोनाका विरामी भेटिएका हुन् । पछिल्ला समयमा रौतहटको क्वारेन्टाइनमा रहेका १९ वर्षिय युवामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनलाई उपचारको लागि अस्पताल लैजाने तयारी भइरहेको छ ।

यस्तै कैलालीको लम्कीचुहास्थित क्वारेन्टाइनमा रहेकी ६५ वर्षिय महिलामा पनि कोरोना संक्रमण देखिएको छ । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको कन्ट्रयाक ट्रेसिङ गर्ने काम भइरहेको देवकोटाले बताए । यो संगै १४ जनामा कोरोना संक्रमण भएको छ । एक जना भने संक्रमित भने निको भएर घर फर्किसकेको मन्त्रालयले जनाएको छ ।

Womui
Womui