राप्तीसोनारी ३ मा धमाधम राहत वितरण हुँदै

98

राप्तीसोनारी(बाँके), चैत ३०–

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ३ ले आज आइतबारदेखि राहत वितरण सरु गरेको छ । कोरोना भाइरसको कोभिड १९ को सरकारले गरेको लकडाउनबाट प्रभावित दैनिक ज्याला मजदुरी गर्ने परिवारका लागि राहत वितरण सुरु गरेको हो ।

वडा स्तरीय कोभिड १९ कोरना रोकथाम समन्वय समितिको सिफारिसमा वडाका २१६ घरदुरीका दैनिक ज्याला मजदुरी अति विपन्न तथा असाहय परिवारलाई राहत वितरण गरिँदै छ । राहत सामग्री वितरण गर्दे वडा अध्यक्ष गंगाराम थारुले अझै छुटेका घरधुरीका दैनिक ज्याला मजदुरी अतिविपन्न तथा असाहय परिवारहरुको तथ्यांक लिई थप राहत वितरण गरिने जानकारी दिएका छन् ।
राप्तीसोनारी गाउँपालिका अध्क्षय लाहुराम थारुले तत्कालका लागि परिवारको संख्याको आधारमा ‘एक घपरिवारलाई चार किलो, चार जनासम्मको परिवारलाई १२ किलो र पाँच जनाभन्दा बढी भएको परिवारलाई १६ किलो चामल तथा त्यसमा दाल, नुन, तेल वितरण गरिएको जानकारी दिए ।
गाउँपालिकाले राप्तीसोनारीका १५ हजार बढी परिवारका लागि पनि एक लिटर तेल, एक किलो नुन र साबुन वितरणको व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए । जनताको सुविधाको लागि गाउँपालिकाले राहत सामाग्री घरमै पुर्‌याइदिने व्यवस्था मिलाएको बस्नेतले बताए । यसै गरी वडा नं. ३ मा वितरण गरिएको राहत सामग्रीहरुको गाउँपालिका स्तरीय कोभिड १९ नियन्त्रण समन्वय समितिले अनुगमनसमेत गरिने प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।

Womui
Womui