राप्तीसोनारी गाउँपालिकामा पाँचवटा क्वारेन्टाइन

349

खडक खत्री

राप्तीसोनारी, चैत २८–

राप्तीसोेनारी गाउँपालिकाले कोरोना भाइरस कोभिड १९ को लागि ५ स्थानमा क्वारेन्टाइन निर्माण गरेको छ । कोरोनाको सहज चेकजाँच र स्वास्थ्य परीक्षणका लागि सहज गराउने उद्देश्यले राप्तीसोनारीका पेरानी, मदुई, खैरेनी, बिनौना र फत्तेपुर स्थानमा क्वारेन्टाइन निर्माण गरिएको हो ।

राप्तीसोनारी ८ शिवशक्ति मा. वि. मा १५ शैया, वडा नं. २ लक्ष्मी मा वि मा १५ शैया ,वडा नं. ३ सामुदायिक आश्रय भवनमा १५ शैया , वडा नं. ५ भवुरभवानी मा.वि. मा १५ शैया र वडा नं. ७ मा रहेको नेपाल राष्ट्रिय मा.वि.मा १४ शैयाको क्वारेन्टाइन निर्माण भएको हो ।

गाउँपालिकामा कोरोना भाइरस कोभिड १९ को लागि जम्मा ७४ शैयाको क्वारेन्टाइन निर्माण भएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए । पाँच स्थानमा क्वारेन्टाइन निर्माण भएपछि कोरोना परीक्षण र उपचारमा सहज भएको अध्यक्ष थारुले जानकारी दिए । अहिले तीन स्थानमा विदेश र भारतबाट आएका नागरिकले क्वारेन्टाइन बस्ने गरेको उनले जानकारी दिए । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाइरस कोभिड १९ को सम्भावित संक्रमणलाई ध्यानमा राखेर तत्काल ७४ शैयाको क्वारेन्टाइन निर्माण गरिएको उपाध्यक्ष धनी कुमारी खत्रीले बताइन् । क्वारेन्टाइनमा झुल, खानेपानी, साबुन, निर्धा्िरत मापदण्ड अनुसार खाजा नास्ता, शौचालय र स्वास्थ्य परीक्षण लगायतको व्यवस्थापन गरेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए । कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्न सरकारले लागू गरेको ‘लकडाउन’का कारण,अतिविपन्न परिवार, ज्याला मजदुरी गरेर खाने वर्ग तथा असहाय परिवारहरुमा खाद्यान्न तथा अन्य आवश्यक सामग्रीको अभाव हुन नदिन त्यस्ता परिवारहरुको तथ्यांक संकलन गरी उनीहरुलाई गाउँपालिका मार्फत् एकद्वार प्रणाली अन्र्तगत् यथाशीघ्र राहत सामग्री उपलब्ध गराउने तयारी भएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिए । राप्तीसोनारी गाउँपालिकाले कोरोना भाइरस विरुद्ध लक्षित गर्दै आवश्यक सामग्री, तयारी व्यापक बनाएको छ ।

Womui
Womui