राप्तीसोनारीको वडा नं. २ मा १५ शैयाको क्वारेन्टाइन बनाउने निर्णय

139

समराथ मगर

राप्तीसोनारी, चैत २८–

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. २ मा १५ शैयाको क्वारेन्टाइन बनाउने निर्णय भएको छ । वडा नं. २ मा रहेको लक्ष्मी माध्यामिका विद्यालयमा १५ शैयाको क्वारेन्टाइन बनाउने निर्णय भएको वडा अध्क्षय मदन कुमार ओलीले बताए । सर्वदलीयले बैठकले लक्ष्मी माध्यमिक विद्यालयमा १५ शैयाको क्वारेन्टाइन बनाउने निर्णय गरिएको बताइएको छ । कोरोना भाइरसको संक्रमणको पूर्वतयारीका रुपमा लक्ष्मी माध्यामिक विद्यालयलाई क्वारेन्टाइन केन्द्र बनाइने राप्तीसोनारी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष मदन कुमार ओलीले बताए । उनले वाइफाइसहितको १५ शैयाको क्वारेन्टाइनका लागि विद्यालयलाई प्रयोग गर्ने तयारी भइरहेको जानकारी दिए । कोरोना भाइरस संक्रमित भएका स्थानहरुबाट आएकालाई तत्काल क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन तयारी भइरहेको अध्क्षय ओलीले जानकारी दिए ।

अहिलेलाई १५ शैयाको क्वारेन्टाइन बनाउने तयारी गरिएको जानकारी दिँदै आवश्यकता अनुसार बढी शैयाको पनि क्वारेन्टाइन बनाउन सकिने बताए । आइसोलेसनको लागि सम्पूर्ण तयारी भइरहेको छ आवश्याक सामग्री खरिद प्रक्रिया समेत सुरु भइसकेको छ । उनले भने २ वडामा कोहि पनि व्यक्ति कोरोना संक्रमित भेटिएमा उपचार गर्ने गरी तयारी गरेका छौ । आइसोलेसनको लागि तयारी आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था गाउँपालिकाले गर्ने छ । सोमबारभित्र क्वारेन्टाइन केन्द्र तयार हुने अध्यक्ष ओलीले जानकारी दिए । अहिले वडा नं. २ मा स्वास्थ्य सरसफाइ तथा जोखिमबाट बच्नका लागि उच्च सर्तकता अपनाउन र घरबाहिर ननिस्कनका लागि सचेतनामूलक सन्देशसहितको माइकिङ भइरहेको अध्यक्ष ओलीले जानकारी दिए ।

Womui
Womui