बाँके प्रहरीको सक्रियता, लकडाउन उल्लंघन गर्ने नियन्त्रणमा

67

नेपालगन्ज, चैत २६-
सरकारले गरेको लकडाउन उल्लंघन गर्ने १ सय २ जनालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भएपछि सरकारले देशभर लकडाउन गरिरहेको छ । सरकारले गरेको लकडाउनको पालना गरी घरभित्र बस्न अटेरी गर्ने ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिन थालेको हो । बाँके प्रहरी प्रमुख, एसपी बीरबहादुर ओलीको सक्रियतामा लकडाउन उल्लंघन गर्ने ब्यक्तिलाई धमाधम नियन्त्रणमा लिन थालिएको हो ।

प्रहरीले थालेको यस्तो सक्रियताको नागरिकस्तरबाट प्रशंसा भइरहेको छ । लकडाउन उल्लंघन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाँकेले बुधबार विभिन्न स्थानबाट ९८ जना पुरुष र ४ जना महिला गरी कुल १ सय २ जनालाई नियन्त्रणमा लिएको हो । यस्तै जिल्लाका विभिन्न स्थानबाट लकडाउन उल्लंघन गरी सवारी साधन चलाएका ८९ वटा मोटरसाईकलको चाबी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Womui
Womui