घरदैलोमै पुगेर वडा अध्यक्ष रामलखनले बाँडे माक्स र साबुन

112
राप्तीसोनारी, चैत २६
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामलखन थारुले माक्स र साबुन वितरण गरेका छन् । वडा अध्यक्ष थारुले वडाबासीलाई कोरोना भाइरसबाट बचाउन उनीहरुको घरदैलोमै पुगेर माक्स र साबुन वितरण गरेका हुन् ।
७ नम्बर वडावासीलाई कोरोना भाइरसबाट बच्नका लागि अपनाउनु पर्ने उपायबारे सुझाव दिँदै  मास्क र साबुन निशुल्क वितरण गरेको छन् । वडा अध्यक्ष थारुका  अनुसार  वडा नं. ७ मा १४ हजार माक्स, २ हजार ४ सय साबुन र ३ सय सेनिटाइजर वितरण गरिने छ ।
५ वर्षमुनिका बालबालिकाबाहेक सबै वडाबासीलाई मास्क र साबुन वितरण गरिने अध्क्षय थारुले जानकारी दिए ।  वडाअध्यक्ष स्वयम् घरदैलोमै  दैनिकजसो राहत र सहयोग लिएर आउन थालेपछि वडावासीले राहत महसुस गरेका छन् । विश्वमा कोरोना भाइरसले महामारीको रुप लिइरहेको बेला यसबाट बच्न नेपाल सरकारले लकडाउन गरेको अवस्थामा वडावासीकै घरदैलोमा पुगेर सेवा दिएको अध्यक्ष थारुले बताए ।
कोरोना भाइरस संक्रमण बढ्दै गएपछि वडावासीलाई दैनिकजसाे कोरोनाको जोखिमबाट बच्न अपनाउनु पर्ने उपाय तथा सचेतनामूलक जानकारी माइकिङ गरेर वडा कार्यालयले दिइरहेको छ भने चोक चोकमा साबुन पानीको व्यवस्था गरेको छ । 
Womui
Womui