राप्तीसोनारीले नरैनापुरलाई थर्मोगन उपलब्ध गरायो

239

छिनछिन खबर

राप्तीसोनारी, चैत २६-

राप्तीसोनारी गाउँपालिका कार्यालय अगैयाले कोरोनाको महाविपदमा छिमेकी नरैनापुर गाउँपालिकालाई ज्वरो नाप्ने थर्मोगन उपलब्ध गराएको छ। बुधबार राप्तीसोनारीका अध्यक्ष लाहुराम थारुले नरैनापुर गाउँपालिका अध्यक्ष अहमद इश्तियाक शाहलाई दुई थान थर्मोगन हस्तान्तरण गरेका हुन्। राप्तीसोनारी गाउँपालिका कार्यालयमा उक्त थर्मोगन हस्तान्तरण गरिएको हो ।

नरैनापुरमा कोरोना भाईरस कोभिड१९ को महामारी र विपदमा ज्वरो नाप्ने मेशिन नभएपछि राप्तीसोनारीले निशुल्क उपलब्ध गराएको हो । थर्मोगन हस्तान्तरण कार्यक्रममा राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत, लेखापाल कृष्ण रोकाय, पत्रकार खड्क खत्रीलगायतको सहभागिता रहेको थियो । थर्मोगन लिएपछि नरैनापुर अध्यक्ष शाहले यसले नर‌ैनापुरमा कोरोना प्रभावित र जोखिम व्यतिको स्वास्थ्य परीक्षण गर्न सहज हुने बताए । राप्तीसोनारीले आफूहरुलाई ठूलो गुन लगाएको बताए । नरैनापुर भारतीय सीमा नजिक रहेको र भारतबाट मानिरहरुको आवतजावत बढी हुने हुँदा उपलब्ध थर्मोगनले उपलब्धिमूलक भूमिका खेल्ने विश्वास गरिएको छ।

Womui
Womui