छिनछिन खबर
काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा संसदीय दलको नेतामा राधेश्याम अधिकारीलाई मनोनयन गरेका छन् । राष्ट्रियसभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको २ वर्षे कार्यकाल २० फागुनदेखि समाप्त भएपछि अधिकारीलाई दलको नेतामा मनोनयन गरिएको हो ।
कांग्रेस संसदीय दलको नेता पाण्डे, प्रमुख सचेतक सरिता प्रसाईंसहित ९ सांसदको पदावधि सकिएको थियो । कांग्रेसको तर्फबाट राष्ट्रियसभामा ६ जना मात्र सांसद बाँकी छन् । वरिष्ठ अधिवक्ता समेत रहेका अधिकारीले यसअघि संविधानसभाका सदस्य तथा अन्तरिम संविधान २०६३ का मस्यौदाकारको अनुभव लिएका छन् ।