१२३ व्यवसायीलाई ३५ दिनभित्र बाँकी बक्यौता तिर्न सरकारको अल्टिमेटम, को को परे ? (सूचीसहित)

140

छिनछिन खबर
काठमाडौं–अर्थ मन्त्रालय मातहतको कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयले सरकारी रकम तिर्न बाँकी रहेका १२३ व्यवसायीलाई ३५ दिनभित्र आफूले तिर्नुपर्ने रकम तिर्न निर्देशन दिएको छ । कर्यालयले सार्वजनिक सूचना निष्काशन गर्दै २०७६ पुससम्मको ब्याजसमेत जोडी रकम तिर्न आउन निर्देशन दिएको हो ।

रकम तिर्न बुझाउन बाँकी हुनेको लगत कायम गरी निजको नाम महालेखा नियन्त्रक कार्यालयको बेवसाइटमा राखी रकम बुझाउन आउन पटक पटक आग्रह गरिएको भएपनि उनीहरुले अटेर गरेको सूचनामा उल्लेख छ । सरकारी बाँकी हुने व्यक्तिको नाममा सम्बन्धित जिल्ला प्रहरी कार्यालय मार्फत पनि उपस्थित गराउन पत्राचार गरिएको सूचनामा जनाइएको छ । सूचना र अन्य प्रयासका बाबजूत पनि सरकारी बाँकी रकम हुनेहरुबाट यस कार्यालयमा बुझाउने काम नभएको पाइएकाले बाँध्य भएर निजहरुको तिनपुस्ते विवरण प्रकाशित गरिएको कार्यालयले जनाइएको छ ।

कार्यालयले ३५ दिन भित्र रकम तिर्न नआएको खण्डमा बुझाउनु पर्ने रकम उपलब्ध नभएका सरकारी बाँकी बक्यौता अनुसार कारवाही हुने समेत जनाइएको छ । कार्यालयले तिर्नुपर्ने रकमको बाँकी बक्यौता मात्रै नभइ त्यसमा लाग्ने व्याज समेत तिर्न भनेको छ । सो म्याद भित्र पनि रकम तिर्न नआएको खण्डमा कार्यालयले ती व्यक्तिको जायजेथभाबाट दावी गरी लिलामी प्रक्रियाबाट प्रचलित कानून बमोजिम असूल उपर गरिने सूचनामा उल्लेख छ । यसो गर्दा सरकारी बाँकी हुनेको आर्थिक हानी नोक्सानी तथा सामाजिक प्रतिष्ठामा क्षति हुन गएमा सोको जिम्मेवार यस कार्यालय नहुने समेत स्पष्ट पारेको छ । कार्यालयले सामान्य रुपमा थोरै रकमदेखि ठूलो रकम समेत रहेको सूचनामा जनाएको छ ।

Womui
Womui