दाङमा नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको शालिक बनाईंदै

62

छिनछिन खबर
दाङ– नेपाली काँग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काको शालिक बनाइने भएको छ । दाङको देउखुरीमा शालिक बनाइने भएको हो । लमही नगरपालिका वडा नं. ९ स्थित अमेलिया बजारको चौराहामा निर्माण गर्न लागिएको शालिकको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले शिलान्यास गरे ।

पूर्ण कदको शालिक ढिलोमा एक वर्षमा निर्माण हुनेछ । शालिक निर्माण गर्न विभिन्न नेताहरुले १० लाख रुपैयाँ संकलन गरेका छन् ।

Womui
Womui