मृगौला प्रत्यारोपण गर्न प्रधानमन्त्री ओली अस्पताल भर्ना

30

छिनछिन खबर
काठमाडौं–मृगौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउन त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुअघि उनले भिडियो सन्देश दिँदै आफ्नो अनुपस्थितिमा पनि निर्णय गर्न सक्ने संयन्त्र र व्यवस्था मिलाएको बताए ।

‘म अस्पताल बसेका बेला सरकारका तर्फबाट गर्नुपर्ने सबै काम नियमित रूपमा अघि बढ्ने छन’, उनले भने, ‘विश्वलाई नै पिरोलिरहेको कोरोना भाइरसका कारण सिर्जित भएको नयाँ समस्या होस् वा भैपरी आउने कुनै पनि विषय, त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नु परेको समयमा आवश्यक निर्णय लिन सक्नेसम्मको संयन्त्र र अन्य व्यवस्था मिलाएको छु ।’

Womui
Womui