पप्पु कन्स्ट्रक्सन कालोसूचीमा, तीन वर्षसम्म काम गर्न नपाउने

101

छिनछिन खबर
काठमाडौं–सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास निर्माणको ठेक्का सकारी अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनसहित सात निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

कार्यालयले सार्वजनिक सूचना प्रकाशित गर्दै पप्पु कन्स्ट्रक्सनसहित ७ ठेकेदारलाई कालोसूचीमा राखेको हो । पप्पु कन्स्ट्रक्सन ३ वर्षसम्म कालोसूचीमा रहने छ भने अन्य कम्पनीहरू १ वर्षसम्म कालोसूचीमा रहने बताइएको छ ।
कालोसूचीमा पर्ने ठेकेदार कम्पनीहरुहरुमा पप्पु कन्स्ट्रक्सन सहित अशोक न्यासुरको रहेको निशा सप्लायर्स, दामोदर दुलालको श्रीदेव सप्लायर्स, विष्णुकुमार कडरियाको सूर्योदय निर्माण एण्ड हाउजिङ कम्पनी प्रालि, बारा कन्स्ट्रक्सन र हरिबहादुर खत्रीको एचबीकेसी निर्माण सेवा रहेका छन् ।

पप्पुलाई कालोसूचीमा राख्न काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सिफारिस गरेको थियो । कालोसूचीमा राखिएको अवधिभर यी ठेकेदार कम्पनीहरुले कुनै पनि खरिद प्रकृयामा सहभागी जनाउन पाउने छैनन् ।

Womui
Womui