ललिता निवास प्रकरणमा तीन मन्त्रीसहित १ सय ७५ विरुद्ध भ्रष्टाचार मुद्दा

86

छिनछिन खबर
काठमाडौं–ललिता निवासको जग्गा अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सय ७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले दायर गरेको मुद्दामा  तीन पूर्वमन्त्री र तीन पूर्वसचिवसहित पनि मुछिएका छन् । १ सय ७५ जनामध्ये ६५ जनाले किनेको जग्गा जफत गर्न तथा पूर्वमन्त्री र पूर्वसचिवविरुद्ध बिगो दाबी माग गरिएको छ ।

कसलाई कति बिगो दाबी ?
प्रतिवादी संख्या १ सय ७५ जना

तीन पूर्वमन्त्रीहरू
विजयकुमार गच्छदार स् ९ करोड ७५ लाख ७५ हजार रुपैयाँ
डम्बर श्रेष्ठ स् ९ करोड ७५ लाख ७५ हजार रुपैयाँ
चन्द्रदेव जोशीः ७ करोड ८ लाख ४८ हजार रुपैयाँ

पूर्वसचिवहरू
दीप बस्न्यातः ९ करोड ६५ लाख ७६ हजार
दिनेशहरि अधिकारीः ७ करोड ८ लाख ४८ हजार रुपैयाँ

छविराज पन्तः ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ

भाटभटेनीका मालिक मीनबहादुर गुरुङः ११ करोड २० लाख रुपैयाँ
शोभाकान्त ढकालः ३९ करोड २७ लाख ६८ हजार रुपैयाँ

Womui
Womui