क्रिकेटर सोमपाल कामी विवाह बन्धनमा

218

छिनछिन खबर
काठमाडौं–नेपाली ­­­राष्ट्रिय क्रिकेट टिमका सदस्य सोमपाल कामी विवाह बन्धनमा बाँधिएका छन् । उनले प्रतिभा घिमिरेलाई विहाव गरेका हुन् । नेपाली क्रिकेटमा अलराउन्डरको छवि बनाएका सोमपाल अन्तराष्ट्रिय क्लबमा पनि खेलिसकेका छन् ।

सोमपालले चार बर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । उनले मन्दिरमा प्रतिभा घिमिरेसँग लगन गाँठो कसे । धनगढी स्थायी घर भएकी प्रतिभा र सोमपालबीच चार बर्षदेखि प्रेम सम्बन्ध थियो ।

दुवै परिवारको उपस्थितिमा सोमपाल र प्रतिभाले विवाह गरे ।

Womui
Womui