रिहा हुँदा आस्था राउतले तिरिन् चार हजार

42

छिनछिन खबर
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत महिला प्रहरीलाई अभद्र ब्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउत धरौटीमा रिहा भएकी छिन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राउतलाई चार हजार धरौटीमा रिहा गरेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

गायिका राउतबिरुद्ध महिला प्रहरीले उजुरी दिएकी थिइन् । बिमानस्थलमा महिला प्रहरीसँग भनाभन भएपछि आस्थाले सामाजिक सञ्जालबाट नेपाल प्रहरीको मान मर्दन हुने अभिव्यक्ति दिएकी थिइन् । सिक्किमबाट फर्केपछि उनी प्रहरीमा पुगेकी थिइन् ।

Womui
Womui