शिक्षक विज्ञापनको तयारी, पहिलो चरणमा ५० अंक ल्याउनेलाई मात्र अवसर

113

छिनछिन खबर
काठमाडौं–शिक्षक सेवा आयोगले विभिन्न चरणमा स्थायी शिक्षकका लागि विज्ञापन गर्न सकिने जनाएको छ । शिक्षक सेवा आयोग (दशौ संशोधन) नियमावलीले शिक्षक नियुक्तिलाई व्यवस्थित गर्न विभिन्न चरणमा विज्ञापन गर्न सकिने व्यवस्था गरिदिएसँगै आयोगले पनि त्यसै अनुसार तयारी थालेको हो । नियमावलीले परिवर्तन गरेको संशोधित नयाँ पाठ्यक्रम अहिले आयोगले निमार्ण गरिरहेको छ ।

गत असोजमा लिएको शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स) को नतिजा सार्वजनिक गरेको केही महिनाभित्रै आयोगले शिक्षकको खुला तर्फको विज्ञापन गर्ने तयारी गरेको आयोगका उप–सचिव एवम् सूचना अधिकारी दामोदर आचार्यले जनाकारी दिए । उनका अनुसार फागुनभित्र शिक्षक लाइसेन्सको माध्यामिक, निम्नमाध्यामि र प्राथमिक तहको नतिजा सार्वजनिक भइसकेपछि तत्काल खुला प्रतियोगितात्मक परीक्षातर्फको विज्ञापन गर्ने तयारी गरेको छ । आचार्यका अनुसार आयोगले पहिलो चरणमा माध्यामिक त्यसपछि क्रमशः निम्न माध्यामिक र प्राथमिक तहको विज्ञापन गर्नसक्नेछ ।

आयोगले पनि आफ्नो सहजतालाई हेरेर सबै तहको विज्ञापन विभिन्न चरणमा गर्ने सम्भावना रहेको उनले बताए । ‘हामीले तहगतरुपमा पहिले माध्यामि त्यसपछि क्रमसः निम्नमाध्यामि र प्राथमिक तहको विज्ञापन गर्ने अवस्था पनि हुनसक्ला तर, अब यो लाइसेन्सको नतिजा आइसकेपछि नयाँ उम्मेदवार पनि थपिन्छन्’, आचार्यले भने, ‘अहिले आयोगको पनि त्यही सबैलाई समेटने योजना नै रहेको छ ।’

उनका अनुसार पहिलो चरणको परिक्षमा उत्तीर्ण हुने उम्मेदवारहरुले मात्रै दोस्रो चरणको लिखित परिक्षामा सहभागि हुन पाउनेछन् । शिक्षक सेवा आयोगको संशोधित नियमावली अनुसार अब दुई सय पूर्णाङ्कको परिक्षा हुने भन्दै उनले अब पहिलो चरणको सामान्य परिक्षाले योग्य उम्मेदवार छान्न सहयोग पुग्ने बताए । ‘यो सामान्य बस्तुगत परिक्षामा ५० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था छ’, सूचना अधिकारी आचार्यले भने, ‘अनि त्यसमा उत्तीर्ण हुने उम्मेदवार दोस्रो चरणको लिखित परिक्षमा सहभागि हुन पाउछन् ।’

जतिसक्दो छिटो लाइसेन्सको नतिजा सार्वजनिक गर्ने तयारी आयोग रहेको बताउँदै उनले लाइसेन्सको नतिजा सार्वजनिक हुने बित्तिकै छिटोमा आगामी बैशाखभित्र विज्ञापन गरिने बताए ।

Womui
Womui