जनमोर्चाले उपसभामुृखमा उम्मेदवार नदिने, दुर्गा पौडेलको च्याप्टर क्लोज

116

छिनछिन खबर
काठमाडौं–राष्ट्रिय जनमोर्चाले उपसभामुमा उम्मेदवार नदिने भएको छ । सत्तारुढ नेकपाले जनमोर्चाकी सांसद दुर्गा पौडेललाई उपसभामुख बनाउने चर्चा चलिरहेको बेला यस्तो निर्णय भएको हो । प्रतिनिधिसभामा एक सिट मात्र भएको जनमोर्चाले उपसभामुख नलिने निर्णय गरेको जनाएको छ ।

एउटा मात्र सांसद त्यही पनि उपसभामुख भए जनताको आवाज उठाउने नसकिने भन्दै जनमोर्चाले उपसभामुख पदमा दावी नगर्ने प्रष्ट पारेको हो । राष्ट्रिय जनमोर्चाले दावी छोडेपछि उपसभामुख राजपाको पक्षमा जाने लगभग निश्चित भएको छ । पछिल्लो समय सत्तारुढ दलसँग नजिक रहेको राजपाले सरकारको यात्रा गर्ने चर्चा पनि चलिरहेको छ ।

राष्ट्रिय सभा निर्वाचनमा नेकपासँग गठजोड गरेको राजपाले उपसभामुख पाउने सम्भावना बढेको छ । १२ माघमा सभामुखको चयन भएपछि उपसभामुखको चयन हुनेछ । उपसभामुखसहित २ मन्त्रालय र ३ मन्त्रीको माग राजपाले गरिरहेको छ । तर नेकपाले भने दुई मन्त्री र एक उपसभामुखको प्रस्ताव गरेको स्रोतले बताएको छ ।

Womui
Womui