बकिङ्गहम प्यालेसले भन्यो–राजकुमार ह्यारी र पत्नी मेगन राजपरिवारका सदस्य रहेनन्

140

एजेन्सी
लण्डन–बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेगन अबदेखि राजपरिवारको सदस्य रहेनन् । उनीहरुकै रुचिमा राजपरिवारको सदस्यता त्याग गरिएको हो । केही समयअघि ह्यारी र मेगनाले राजपरिवारको सदस्य त्याग गर्ने निर्णय लिएका थिए । तरपनि बकिङ्गहम प्यालेसले औपचारिकरुपमा यसको घोषणा गरेको थिएन ।


बेलायती राजदरबार बकिङ्गहम प्यालेसकाअनुसार उनीहरुले राजकीय जिम्मेवारीबाट अलग भएपछि सार्वजनिक कोषको प्रयोग र हाइनेश शब्दको उच्चारण नगरिने भएको छ । ह्यारी र मेगनले अबदेखि औपचारिक रुपमा महारानीको प्रतिनिधित्व गर्ने छैनन् । उनीहरुको घर फ्रोग्मोर कटेज पुनर्निर्माणका लागि खर्च भएको २.४ मिलियन पाउण्ड फिर्ता पनि गर्ने भएको छ । बेलायती राजपरिवारका उच्च सदस्यहरुको बैठक सान्ड्रिङ्घममा भएको थियो । सो बैठकमा ह्यारी र मेगनको भावी राजकीय भूमिकाका सम्बन्धमा छलफल भएपछि दरबारको बताएको छ ।

महारानी एलिजाबेथ, राजकुमार ह्यारी ह्यारीका पिता राजकुमार चाल्र्स तथा दाइ राकजुमार विललियम पनि उपस्थित थिए । छलफलमा राजकुरमा ह्यारी र उनकी पत्नि मेगनले आफूहरु बेलायती राजपरिवारको शीर्ष सदस्याबाट पछि हट्न चाहेको बताएका थिए । महारानी एलिजाबेथले  जारी गरेको वक्तव्यमा भनिएको छ, ‘विगत केही महिनादेखिको संवाद र पछिल्लो छलफलपछि हामीले मेरो नाती र उसको परिवारका लागि एकीकृत रुपमा रचनात्मक र सहयोगात्मक मार्ग फेला पारेका छौँ । ‘ह्यारी, मेगन र आर्ची जहिले पनि मेरो परिवारका अति प्रिय सदस्य रहने छन् ।’

Womui
Womui