मादक पदार्थ सेवन गरी विद्यालय जाने शिक्षक र कर्मचारीको जागिर चट हुने

140

छिनछिन खबर
काठमाडौं– अझै पनि कतिपय विद्यालयमा अध्यापन गर्ने शिक्षक र कर्मचारी मदिरा सेवन गरी विद्यालय जाने गर्छन् । यस्तो अवस्था हुँदासमेत शिक्षक र कर्मचारीलाई खासै कारबाही हुन सकेको पाइँदैन । जसले गर्दा कतिपय विद्यालयमको शैक्षिक अवस्था खराब हुँदै गएको पाइन्छ ।

अब भने मदिरा सेवन गरी शिक्षक र कर्मचारी विद्यालय गए जागिरनै चट हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयले तयार गरेको शिक्षा ऐनमा शिक्षक र कर्मचारीको पदीय व्यवस्था गरिएको छ । उक्त व्यवस्था अनुसार बिनासूचना लगातार पन्ध्र दिनभन्दा बढी समय विद्यालयमा अनुपस्थित रहेमा वा विद्यालयमा मादक पदार्थ सेवन गरी आएको कुरा प्रमाणित भएमा पनि शिक्षक र विद्यालय कर्मचारी पदबाट हट्ने उल्लेख गरिएको छ ।

साथै आफूले पढाउने कक्षा र विषयमा विद्यार्थीको तोकिएको उपलब्धिस्तर हासिल गराउन नसकेमा पनि शिक्षकहरुको जागिर चट् हुने व्यवस्था पदीय चारणमा गरिएको छ ।

त्यस्तै नैतिक पतन हुने कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय पाएमा वा सार्वजनिक विद्यालयका शिक्षक वा कर्मचारीले विद्यालय समयमा अन्यत्र अध्यापन वा काम गरेमा वा अन्य कुनै व्यवसायिक क्रियाकलाप गरेमा, तोकिएको अधिकारीको स्वीकृति नलिई खटिएको विद्यालय बाहेक अन्यत्र शिक्षण वा प्रशिक्षण कार्य गरेमा, स्थायी आवासीय अनुमतिपत्र लिएको प्रमाणित भएमा साथै राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको प्रमाणित भएमा पनि शिक्षक र विद्यालयमा कार्यरत कर्मचारीले जागिरबाट हटने मस्यौदामा उल्लेख गरिएको छ ।

Womui
Womui