दुई महिने शिशुसहित चार जनाले त्रिशूलीमा हाम फाले

102

छिनछिन खबर
धादिङ– एकै परिवारका चार जनाले त्रिशूलीमा हाम फालेर आत्महत्याको प्रयास गरेका छन् । दुई महिने शिशुसहित सामूहिक हाम फालेकामध्ये एक जनालाई भने स्थानीयले जिवितै उद्धार गरेका छन् । काठमाडौं चद्रागिरी घर भएका बिनय लामिछाने र जमुना रेग्मी लामिछानेले २ र २२ महिनाका छोराहरू साथैमा लिएर त्रिशूलीमा हाम फालेका हुन् ।

बिहीबार साँझ ७ बजेतिर धादिङको रोराङ गाउँपालिका–३, स्थित बादरे मोड छेउबाट दुई महिने शिशुसहित चार जनाले हाम फालेका हुन् । दुईछोरा बेपत्ता छन् । प्रहरीका अनुसार जमुनाको भने मृत्यु भएको छ । पति विनयलाई भने स्थानीयले जिवितै उद्धार गरेको प्रहरीले जनायो ।

बेपत्ता दुई छोराको प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् । त्रिशूलीमा पानीको बहाव बढ्नुका साथै धमिलो भएकाले खोजीमा समस्या भएको प्रहरीले जनाएको छ । चारै जनाले नदीमा हाम फालेर सामूहिक आत्महत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्याले धादिङले जनाएको छ ।

Womui
Womui