बलात्कार आरोपमा पाष्टर पक्राउ

36

छिनछिन खबर

काठमाडौं–एक महिलालाई रोग निको पार्ने आश्वासन दिएर बलात्कार गरेको आरोपमा ललितपुरस्थित कुसुन्तीमा अवस्थित आशा विश्वासी मण्डली चर्चका पाष्टर ध्रुवबाबु भनिने विश्वास जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।

चर्चमा नियमित आइरहने उक्त महिलाले उजुरी दिएपछि जोशीलाई सोमबार साँझ पक्राउ गरिएको महानगर प्रहरी परिसर, ललितपुरका डीएसपी सन्तोष तामाङले बताए . प्रहरीका अनुसार पाष्टरले आफूसँग यौन सम्पर्क राखे रोग निको हुने आश्वसन देखाई चापागाउँको एक गेष्ट हाउसमा बोलाएर ती महिलालाई जबरजस्तीकरणी गरेको महिलाको आरोप छ । पहिलो पटक महिलाले जोशीको विश्वासमा परेर आफूखुसी यौन सम्बन्ध राखे पनि जोशीले पटकपटक सम्बन्ध राख्न खोज्दा यो प्रकरण बाहिर आएको प्रहरीले जनायो ।

Womui
Womui