खाना आठ हजारको, टिप्स २ लाख २४ हजार

25

एजेन्सी
काठमाडौं–हलिउडका चर्चित गायक तथा नायक डानी वालबर्गलाई नयाँ वर्ष मनाएको शैलीका कारण यतिबेला सबैले तारिफ गरिरहेका छन् । सामाजिक सञ्जालमा उनको उदारताको किस्सा भाइरल भइरहेको छ ।

डानीले एक रेस्टुरेन्टमा वेट्रेसलाई २ हजार २० डलर अर्थात् करिब २ लाख २४ हजार रुपैयाँ टिप्स दिए । यसबारे डानीकी पत्नी जेनीले सामाजिक सञ्जालमा जानकारी दिएकी हुन् । उनले एक फोटो शेयर गरेर मानवीय उदारताको उदाहरण दिएकी छन् ।

डानीले ७८ अमेरिकी डलर अर्थात ८ हजार ९ सय ७० रुपैयाँको बिलमा २ हजार २० डलर टिप्स दिएका हुन् । नयाँ वर्षको अवसरमा डानी र उनकी पत्नी जेनी मिशिगनको एक चर्चित रेस्टुरेन्टमा खान पुगेका थिए । जसको बिलमा यो जोडीले वेट्रेसलाई ह्याप्पी न्यु इयर लेखेर सो टिप्स दिएको हो ।

Womui
Womui