ब्रिटिस काउन्सिलमाथि कारबाही गर्न संसदीय समितिको निर्देशन

91

छिनछिन खबर
काठमाडौं–संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले ब्रिटिस काउन्सिललाई कारबाही गर्न निर्देशन दिएको छ । नेपालमा दर्ता नगरी विदेशी मुद्रा अपचलन गरेको र कर नतिरेकाले काउन्सिललाई कारबाही गन समितिर्ले सरकारलाई निर्देशन दिएको हो ।

समितिले काउन्सिलमाथि कर छली गरेको सम्बन्धमा छानबिन गर्न अर्थ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । काउन्सिलले भाषा परीक्षा संचालन गर्नका लागि लिनुपर्ने अनुमति पनि नलिएको समितिले जनाएको छ । समितिले काउन्सिलमाथि अनुसन्धान गर्न निर्देशन दिँदै अनुमतिबिना परीक्षार्थीसँग करोडौँ रकम असुलेको, कर नतिरेको ठहर गरेको छ ।

काउन्सिल नेपालमा ६० वर्षदेखि संचालनमा आए पनि गत जेठमा मात्र कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो । भारतमा पनि काउन्सिलमाथि यस्तै आरोप लागेपछि सन् २००६ मा दर्ता भएको थियो । काउन्सिलले अंग्रेजी भाषाको स्तरमापन परीक्षा लिँदै आएको छ ।

Womui
Womui