रामकृष्ण र पत्नी निलमबीच सम्बन्ध बिच्छेद, छोरी आमासँगै बस्ने

205

छिनछिन खबर
काठमाडौं–चर्चित गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलमबीच सम्बन्धविच्छेद भएको छ । जिल्ला अदालत काठमाडौंमा रामकृष्ण र श्रीमती निलमबीच सम्बन्धविच्छेद भएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले बताए ।


उनका अनुसार न्यायाधीश विदुर कोइरालाको इजलासले मुद्दा टुंग्याएको हो । सम्बन्धविच्छेदका लागि निलमले निवेदन दिएकी थिइन् । उनीहरूबीच सम्बन्धविच्छेद भएपछि छोरी भने आमासँगै बस्ने भएकी छिन् । निलमले रामकृष्णबाट कुनै पनि अंश र सुविधा नलिने भएकी छिन् । तर, छोरीको लालनपालनमा भने उनीहरूको बराबरी हक लाग्ने आदेश भएको श्रेष्ठले बताए । उनीहरूबस्च प्रेम विवाह भएको थियो ।

Womui
Womui