आठ अर्ब बढीको आइपीओ ल्याउँदै बीमा कम्पनी, कसको कति ?

217

छिनछिन खबर
काठमाडौं– नयाँ बीमा कम्पनीहरु साधारण सेयर (आइपीओ) जारी गर्ने गृहकार्यमा लागेका छन् । कारोबार सुरु गरेको १ आर्थिक वर्ष पूरा भएपछि आइपीओ जारी गर्न पाउने व्यवस्थाको कारण कम्पनीहरु यसको तयारीमा जुटेका हुन् । आइपीओ जारी गर्न आवश्यक गृहकार्य सुरु गरिएको कम्पनीहरुले जानकारी दिएका छन् ।

आइपीओ जारी गर्नको लागि लेखापरीक्षण, वार्षिक साधारणसभा, एक्चुरी भ्यालुएसन, सेयर निष्कासन तथा विक्री प्रबन्धक (इस्यू म्यानेजर) नियुक्त जस्ता कार्यमा कम्पनीहरु लागेका हुन् । निर्जीवन बीमातर्फ ३ र जीवन बीमातर्फ १० नयाँ कम्पनीले लाइसेन्स पाएर बीमा व्यवसाय गरिरहेको भएपनि ती कम्पनीले आइपीओ निष्कासन गरिसकेका छैनन् । कम्पनीहरुलाई आईपीओ जारी गर्न बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले पनि ताकेता गर्न थालेको छ ।

नयाँ कम्पनीहरुलाई आइपीओ जारी गर्न तोकेता गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । समितिले कम्पनीहरुलाई वित्तीय विवरण पेश गरेर आइपीओ जारी गर्ने प्रक्रियामा जान ताकेता गरेको हो ।
निर्जीवन बीमा व्यवसाय गरिरहेको अजोड, जनरल र सानीमा इन्स्योरेन्स कम्पनीले आईपीओ जारी गरेका छैनन् । यस्तै, जीबन बीमा व्यवसाय गरिरहेका सिटिजन्स, ज्योति, युनियन, रिलायन्स, सानिमा, प्रभु, आईएमई, रिलायवल, सन नेपाल र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले पनि आईपीओ जारी गरेका छैनन् ।

जीबन र निर्जीबन बीमा कम्पनी गरी १३ वटा कम्पनी ८ अर्ब ७८ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्ने अन्तिम तयारीमा छन् ।
नयाँ बीमा कम्पनीले जारी गर्ने आइपीओको रकम यस्तो छः

Womui
Womui