दैलेखबाट अपहरणमा परेका गापा अध्यक्ष शाही कालिकोटबाट रिहा

78

छिनछिन खबर
सुर्खेत–दैलेख ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई प्रहरीले अपहरण मुक्त गराएको छ । शनिवार मध्यराति पत्नी इलासहित उनलाई विप्लव नेकपाका कार्यकर्ताले अपहरण गरेका थिए ।

पत्नी इलालाई सोही राति नै जंगलमा छोडेपनि धीरबहादुरलाई भने विप्लव नेकपाका कार्यकर्ताले सँगै लिएका थिए । गाउँपालिकामा भ्रष्टाचार गरेको र आफ्ना नेता कार्यकर्ता्बिरुद्ध सुराकी गरेको भन्दै विप्लव नेकपाले अपहरण गरेको थियो । अपहरणमा परेका अध्यक्ष शाहीलाई कालिकोट शुभकालिकाको छाती गाउँबाट मुक्त गराएको प्रहरीले जनाएको छ ।

Womui
Womui