नेकपा र राजपाबीच राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्न दुई बुँदे सम्झौता

59

छिनछिन खबर
काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय जनता पार्टीबीच राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई पार्टी्बिच दुई बुँदे सहमति भएको हो । जसमा प्रदेश नम्बर २ मा रिक्त हुने चार स्थानमध्ये २ मा राजपा र २ मा नेकपाले लिने गरी सहमति भएको छ ।

नेकपाले महिला र दलित पुरुष तर्फ र राजपाले अन्य पुरुष समूह र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहको स्थानमा रिक्त रहेको ठाउँमा आफ्नो सांसद बनाउने सहमतिमा उल्लेख छ । माघ ९ गते राष्ट्रियसभा निर्वाचन हुँदैछ । त्यस्तै राजपा र नेकपाबीच समसामयिक राष्ट्रिय राजनीतिका बारेमा छलफल गर्ने र सहकार्यको प्रक्रिया अघि बढाउने पनि सहमति भएको छ ।

सहमतिपत्रमा नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले हस्ताक्षर गरेका छन् भने राजपाकातर्फबाट संयोजक राजेन्द्र महतोले हस्ताक्षर गरेका छन् ।

Womui
Womui